म आउनेछु आमा ! एकदिन ...[कविता]

खरीबोट

म आउनेछु आमा ! एकदिन ...
यो खाल्डोबाट उन्मुक्तिको श्वास फेर्दै,
यो कंक्रिटको तन र मन त्यागेर
सिमेन्टको भुइँ र आकाश च्यातेर
मनै हराएका मान्छेकाे भीडबाट एक्लिँदै
छियाछिया तनभित्र मानवता छोप्ने मान्छे गलहत्याउँदै
म आउने छु आमा ! एकदिन
आफ्नै गाउँ आउनेछु । 

यहाँ, 
आवाज छ, ध्वनि छैन
आँखा छ, दृष्टि छैन
हाँसो छ, खुसी छैन
माया छ, मुटु छैन
रोदन छ, आँशु छैन
पीडा छ, चित्कार छैन
यो सांसारिक सुखलिप्साको सहरमा 
यो भौतिक आनन्दमात्र बिक्री गर्ने बजारमा 

आमा !
सबै कुरा छ
तर, 
तपाईँको न्यानो माया छैन
आशीर्वादको हात छैन
छ त केवल,
स्वार्थ र अहंकारले भरिएको मानवरुपी जञ्जीर मात्र । 

आमा ! 
यहाँ त 
उडिरहेको धूलोबाट पैसा झारिन्छ
बागमतीको फोहोरमा पैसा चालिन्छ
आमाबुवाको स्नेह र अभिभावकत्वलाई तराजुमा जोखिन्छ
तिललाई पहाड बनाइन्छ अनि पहाडलाई तिल
मरिमराउमा गाउँबाट मलामी बोलाउनुपर्ने यो सहरमा 
भोजभतेरमा बेहुलीको बाको टुप्पी बिक्री हुन्छ
आर्यघाटमा पोलिनुअघि रकम बुझाउनुपर्छ 
मलाई यहाँ पटक्कै बस्न मन छैन, 
म आउनेछु आमा ! एकदिन...
आफ्नै गाउँ आउनेछु । 

मलाई, 
सहरमा फाटेको जीवनभन्दा
गाउँमा फाटेको धूरी प्यारो छ
महलको कठ्यााङ्ग्रिने जाडोभन्दा
धूलाम्य आँगन न्यानो छ 
त्यो सन्नाटाको डल्ला फोड्न
घरको छेउकुना मिलाउन
मन्जुश्रीको फरुवा बोकेर
आँशुभित्र खुसीको श्वास फेर्न
म एक दिन पक्कै आउनेछु आमा !  
आफ्नै गाउँ आउनेछु ।  
 

सम्बन्धित समाचार

मेरो परिवार र म ! (कविता)

छोरी भन्छे, बाबा म बन्दुक बोक्छु म भन्छु नानी कलम बोक  छोरा भन्छ, म पर्खाल बनाउछु म कपिमा चित्र बनाउ भन्छु बा, भन्छ्न सार्है चेप्यो दमले बेस्करी खोक्छु म भन्छु  हल्ला नगर्नु ,आवाज ननिकाल्नु अरु ले के भन्छ्न ? आमा भन्छिन चोली

गुराँस (कविता)

स्मृतिमा ताजै छ घर पछाडीको बन छानि छानि चढ्ने मिल्ने डालिहरु कोईलि र न्याउलिका सुरिला आवाज तर यो सहरमा जैले खड्किरह्यो मेरो बचपनाको अभाब भेटिएन मेरो गाउँ  भेटिय केवल गगनचुम्बि महल  शून्य आत्मियता र पथ्थर मनहरु । रत मनमै फूलाय

अझै कहिले सम्म ? (कविता)

म पाईला चाल्दै थिएँ ... कोही खोलाको किनारमा बसी गिट्टि कुटिरहेका थिए एक भलादमी आएर यो भएन भन्दै ति कामदारलाई बोलिले नै कुटिरहे बिचरा ति व्यक्ति सहि रहेथे केही आश लिएर हाकिमले केही दिन्छ कि भनेर

डाक्टरको नाममा (कविता)

आमा ! म सेतो कोट लगाएर  घरको आँगनमा उभिन चाहान्थेँ  तर , आज घरको आँगनमा  सेतो कपडामा बेरिएर लडेको छु  सबै सेतो रङहरूले खुसी नदिँदो रहेछ  बुवा ! हजुरले मलाई डाक्टर बनाउने सपना  धेरै वर्षको मिहिनेतले