• २०८१ बैशाख ७ शुक्रबार

बारामा ८० प्रतिशत घर डुबानमा, फेरी भाँसियो दुधौरा पुल भाँसियो

kharibot

बाराको जीतपुर-सिमरा उपमहानगरपालिका वडा नं.१ स्थित दुधौरा खोलाको पुल बाढिले भासिएपछि

बारा । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१ स्थित दुधौरा खोलामा रहेको पुल बाढिले भासिए पछि सड्क अहिले अवरुद्ध भएको छ ।

राती साढे ११ बजे दुधौरा खोलामा आएको बाढिका कारण पुलको मध्य भागको पिल्लर भासिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नीरिक्षक गोविन्द कार्कीले जानकारी दिए ।

पुल भासिए पछि खोलाबाट डाईभर्सन बनाएर यातायात सुचारु बनाउँने प्रयास भईरहे पनि पानी परिरहेको र खोलामा बाढिको बहाव नघटेकाले समस्या भएको छ । यस अघि पनि सो पुल चार वर्ष अघि भाँसिएको थियो । 

पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बारामा पर्ने अधिकाँस पूल जिर्ण हुँदा बर्षामा प्रत्येक वर्ष समस्या आउँने गरेको छ । बाराको अमलेखगंज स्थित तीन नम्बर पुल , पथलैया स्थित दुधौरा र बालगंगा पुल , पिलुवाको पसाहा पुल र निजगढको बकैया पुल जिर्ण भईसकेकाले जोखीमका साथ यातायात सञ्चालन हुँदै आएको छ ।

गढीमाई साझेदारी वनले बाँड्यो राहत

गढीमाई साझेदारी वन व्यवस्थापन समिति पथलैया बाराले आईतवार बाढी पिड्तिलाई राहत बितरण गरेको छ । बाढीले गर्दा डुवानमा परेको जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० स्थित नितनपुरटोलको दलित बस्तीमा साझेदारीले राहत वितरण गरेको हो ।

समितिका अध्यक्ष गणेशजी प्रसाद साहको अयक्षतामा त्याँहाको ३० घरपरिवारलाई राहत स्वरुप एक बोरा चिउरा र दालमोठ बाँडेको थियो ।

निजगढमा फेरी महेन्द्र राजमार्ग अवरुद्ध

जिल्लाको निजगढ नगरपालिका वडा नं.८ पश्चिमी लच्कामा आएको बाढिका कारण पूर्वपश्चिम महेन्द्र राजमार्ग फेरी अवरुद्ध भएको छ । शनिवार राती करिब ९ देखि अबरुद्ध भएको सड्कमा पानीको वहाव बढिरहेकाले यातायात सञ्चालनमा आउँन नसकेको ईलाका प्रहरी कार्यालय निजगढले जनाएको छ । 

सड्क अवरुद्ध भए पछि राती देखि नैं सयौं सवारी साधनहरु अलपत्र परेका छन् । निजगढका विभिन्न स्थानबाट आएको भेल तथा जमुना पैनीको बाढि सड्कमा पसे पछि राजमार्गमा यातायात अबरुद्ध भएको हो । यस अघि शनिवार विहान ६ बजे देखि अबरुद्ध सडक दिउँसो २ बजेबाट सञ्चालनमा आएको थियो ।

ईलाका प्रहरी कार्यालय निजगढका अनुसार निजगढका ८० प्रतिशत घरहरु डुबानमा परेको छ । निजगढ नगरपालिका भित्रका सबै घरमा पानी पसेको ईलाका प्रहरी कार्यालय निजगढले जानकारी दिएको छ । 

माछा पोखरी बगाउँदा लाखौंको क्षती

जिल्लाको कोल्हवी नगरपालिका वडा नं.५ माछा गाउँ , बोधवन , रामवन र पिप्रामा रहेका माछा पोखरीहरु बगाएका छन् । पसाहा र बकैया नदिमा आएको बाढि तियर खोलामा पसे पछि त्यस क्षेत्रका माछा पोखरीमा बाढि पस्दा लाखौं मूल्यका माछा बगाएको स्थानीय जंगबहादुर साहले जानकारी दिएका छन् । 

माछा व्यवसायी संघ बाराका अध्यक्ष समेत रहेका साहले माछा किसानहरुले अहिले सम्म कै ठुलो क्षती भोग्नु परेको बताए । बाढिका कारण माछा पोखरीमा पुगेको क्षतीको यकिन तथ्याँक आउँन बाँकी रहेको उनले बताए ।

दुई जनाको मृत्यु

अविरल बर्षा सँगै आएको बाढिका कारण बारामा शनिवार दुई जनाको मृत्यु भएको छ । भने जिल्लाका सयौं घर डुबानमा परेका छन् । लगातारको बर्षाका कारण पानीको वहाव बढे पछि ग्रामीण भेगमा धान खेतहरु समेत बगाएको छ । भने जिल्लाका अधिकाँश भूभाग डुबानमा परेको छ । 

शनिवार विहान बाराको पचरौतामा रहेको जमुनी खोलाको बाढिमा डुबेर एक बृद्धको मृत्यु भएको छ । पचरौता गाउँपालिका वडा नं.९ बल्ढुस्वामा रहेको रामजानकी मन्दिरको बृद्धाश्रममा बस्दै आएका बारा आदर्श कोतवाल गाउँपालिका वडा नं.९ का ७० वर्षिय बृद्ध व्रम्हदेव महतोको मृत्यु भएको प्रहरीले जनाएको छ । 

त्यहाँ डुबेका अन्य तिनजनाको सकुशल उद्दार गरको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक राजकुमार वैदवारले जानकारी दिए । 

यस्तै शनिबार विहान सिम्रौनगढ नगरपालिका वडा नं.९ कचोर्वाकी ४५ वर्षिय गहनी देवि पासवानको वर्षाका कारण घर भत्कँदा मृत्यु भएको छ । अविरल बर्षाका कारण घर भत्कँदा च्यापिएर पासवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । लगातारको वर्षाका कारण कच्चि घर भत्किएको प्रहरीले जनाएको छ । 

बारामा दुई सय परिवारका १२ सय मानिस विस्थापित

लगातारको वर्षा र बाढिका कारण बाराका २ सय ६ घर परिवारका १२ सय २१ जना मानिस विस्थापित भएका छन् । विस्थापित परिवार विभिन्न स्थानमा आश्रय लिएर बसिरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । 

आईतवारसम्म जिल्ला प्रहरी कार्यालय बाराले दिएको जानकारी अनुसार बाराको जीतपुरसिमरा उपमहानगरपालिका २३ स्थित मदर्सा धर्मशालामा ६० परिवारका ४ सय विस्थापित मानिस आश्रय लिएर बसेका छन् । 

यस्तै जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१० नितनपुर स्थित नेरा निमाविमा २२ घरका एक सय २५ जना आश्रय लिएर बसिरहेका छन् । कलैया उपमहानगरपालिकाको भवरा स्थित नेरामाविमा ४० घरका २ सय मानिस आश्रय लिएर बसिरहेका छन् । 

पर्सौनी गाउँपालिकाको ईटियाहि वडा कार्यालयमा १५ घरका ६० जना मानिस आश्रय लिएर बसिरहेका छन् । महागढिमाई नगरपालिकाको बबुआईन माविमा ४० परिवारका २ सय जना मानिस आश्रय लिएर बसिरहेका छन् । 

महागढिमाई नगरपालिका वडा नं.१ सिम्रातेलगाछियामा १३ घरपरिवारका १ सय २५ जना मानिस आश्रय लिएर बसिरहेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.११ मा एक परिवार ७ जना मानिस आश्रय लिएर बसिरहेका छन् । 

त्यस्तै कोल्हवी नगरपालिकाको बजार व्यवस्थापन समितीको भवनमा एक घरका ६ जना मानिस आश्रय लिएर बसिरहेका छन् । कोल्हवीको नेराप्रावि अडेम्बामा १३ परिवारका ७५ जना मानिस आश्रय लिएर बसिरहेका छन् । यस्तै कोल्हवी नगरपालिका १ मा एक घरका अन्य ५ जना मानिस विस्थापित भएका छन् ।  

पनामको सांङ्गितिक कार्यक्रम स्थगित

बाराको पथलैयामा श्रीकृष्ण जन्माष्टमीका अवसरमा पनाम व्याण्डको आयोजनामा तय गरिएको सांगितिक कार्यक्रम स्थगित गरिएको छ । 

लगातारको वर्षाका कारण कार्यक्रम स्थगित गरिएको आयोजक पनाम समूहका राजकुमार लामाले जानकारी दिए । श्रीकृष्ण जन्माष्टमीका अवसरमा पनामले हरेक वर्ष गर्ने कार्यक्रम यसपटक प्राकृतिक विपत्तका कारण भदौ १० गतेका लागि सारिएको लामाले बताए । 

पूर्व निर्धारित कलाकारहरु प्रमोद खरेल, नविन के भट्टराई, भोजराज काफ्ले लगायतको सहभागितामा भदौ १० गते ऋषि पञ्चमीका दिन कार्यक्रम गरिने उनले बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै