कोन्टिन्होलाई बेच्न लिभरपुल तयार, बार्सिलोनासँग सम्झौता अन्तिम चरणमा

खरीबोट

काठमाडौँ । लिभरपुलका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्हो बार्सिलोना जाने लगभग तय भएको छ ।

कोन्टिन्होका लागि बार्सिलोनाले १४२ मिलियन पाउण्ड प्रस्ताव गरेको र सो रकममा सम्झौता हुने तयारी भएको स्पेनिश मिडियाहरुले उल्लेख गरेका छन् । 

हाल सम्झौतालाई अन्तिम रुप दिन कोन्टिन्होका एजेन्ट र वकिल बार्सिलोनामा रहेको बताइएको छ । साथै लिभरपुलका प्रतिनिधि पनि अहिले सम्झौतालाई अन्तिम रुप दिन बार्सिलोनामै रहेको बताइएको छ ।

यस सम्झौतामा १४२ मिलियन बाहेक कोन्टिन्हो बार्सिलोनामा रहुन्जेल थप ३० मिलियन पाउण्ड बोनसको रुपमा लिभरपुलले पाउने शर्त रहेको बताइएको छ । सन् २०१३ मा केवल ८.५ मिलियन पाउण्डमा इटालीको इन्टर मिलानबाट लिभरपुल आएका कोन्टिन्हो ५ बर्षमा लिभरपुललाई १३४ मिलियन पाउण्ड फाइदा गराएर बाहिरिने भएका छन् ।

साथै बार्सिलोनाले सम्भवत सोमबार कोन्टिन्होलाई क्लबमा प्रस्तुत गर्ने तयारी गरेको रिपोर्ट पनि सार्वजनिक भएको छ । मिडिया रिपोर्टका अनुसार अबको केहि घण्टा मै कोन्टिन्होको बार्सिलोना यात्राको औपचारिक घोषणा हुन सक्ने बताइएको छ । 
 

सम्बन्धित समाचार

ब्राजिलबाट बार्सिलोनामा खेल्ने फिलिप कोन्टिन्हो ३३औ खेलाडी, अहिलेसम्म को को खेले ?

काठमाडौँ । ब्राजिलका प्लेमकर फिलिप कोन्टिन्होले सफल रुपमा बार्सिलोनाको यात्रा तय गरेका छन् । यससँगै कोन्टिन्हो ब्राजिलबाट बार्सिलोनामा खेल्ने ३३औ खेलाडी बनेका छन् । यस अघि ब्राजिलबाट रोनाल्डो, रिभाल्दो, रोमारीयो, रोनाल्डिन्हो,

फिलिप कोन्टिन्होले गरे बार्सिलोनासँग सम्झौता, अहिलेसम्म दोस्रो महँगो खेलाडी

काठमाडौँ । लिभरपुलका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्होले बार्सिलोनासँग सम्झौता गरेका छन् । लामो समयको प्रतिक्षा पछि कोन्टिन्होको बार्सिलोना जाने सपना पुरा भएको छ । बार्सिलोनाले ३५५ मिलियनको बाइआउट शर्त सहित कोन्टिन्होलाई

सम्झौता अन्तिम रुप दिन कोन्टिन्हो बार्सिलोनामा  

काठमाडौँ । लिभरपुलका ब्राजिलियन प्लेमेकर फिलिप कोन्टिन्हो बार्सिलोना जाने तय भएको छ । कोन्टिन्हो बार्सिलोनासंगको सम्झौताका लागि बार्सिलोना पुगेका छन् । बार्सिलोनाका लागि उड्नु अघि उनलाई लन्डन एयरपोर्टमा देखिएको थियो ।

फिलिप कोन्टिन्हो बार्सिलोना जाने पक्का, लिभरपुलका लागि अब खेल नखेल्ने 

काठमाडौँ । लिभरपुलबाट खेल्ने ब्राजिलियन फुटबलर फिलिप कोन्टिन्होले बार्सिलोनासँग सम्झौता गर्ने लगभग पक्का पक्कि भएपछि अब लिभरपुलबाट कुनै खेल नखेल्ने भएको रिपोर्ट सार्वजनिक भएको छ । गएराती बर्नलीसँग भएको लिभरपुलको खेलमा