कतार सङ्कट हलगर्न युरोपेली युनियनका उच्च अधिकारी र टर्कीस् राष्ट्रपति गल्फमा

खरीबोट

कतारलाई उसका छिमेकी तथा गल्फ राष्ट्रहरुले लगाएको नाकाबन्दीपछि उत्पन्न समस्या समाधानका लागि कुवेतले पछिल्लो समयमा सक्रियता देखाएको छ ।  

सो प्रयासस्वरुप कुवेतका विदेशमन्त्री सवाह खालिद अल सबाहले युरोपेली युनियनका विदेश मामिला सम्बन्धी प्रमुख फेडरिका मागरिनीसँग भेटवार्ता गर्नुभएको समाचारमा जनाइएको छ ।  उहाँले पछिल्लो समयमा कतारमा जारी सङ्कटको समाधानका लागि मागरिनीको ध्यानाकर्षण गराउदै युरोपेली युनियनले यसका लागि के कस्तो सहयोग गर्नसक्छ भन्ने बारेमा जिज्ञासा राखेका थिए ।  गएको करिब डेढ महिनादेखि कतारमा कूटनीतिक सङ्कट सुरु भएको छ ।

यस विषयमा कुवेत, टर्की र फ्रान्सले समेत समस्या समाधानका लागि भनी गरिएका प्रयासहरु सफल हुन सकिरहेका छैनन् । तर कुवेतले भने सुरुदेखि नै वार्ताका लागि पनि मध्यस्थताको पहल गर्दै आएको छ । कुवेतकै पहलमा केही समयअघि कतारबाहेकका गल्फ राष्ट्रका विदेशमन्त्रीको बैठकको आयोजना उसले गरेको थियो ।  युरोपेली युनियनका विदेशनीति सम्बन्धी प्रमुख मागरिनी हाल कुवेतमा छन् । सोही क्रममा सोमबार उहाँ र कुवेती विदेशमन्त्रीबीच भेटवार्ता भएको हो । उनी आइतबार कुवेत पुगएकी हुन् ।  कतारमाथि उसका छिमेकी चार वटा खाडी देशले गत जुन ५ तारिखदेखि कूटनीतिक सम्बन्ध विच्छेद गरी नाकाबन्दी समेत गरेका छन् ।

नाकाबन्दी अन्त्यका लागि ती देशले जुन २३ मा कतार समक्ष १३ बुदे शर्त राखेका छन् ।  यसैबीच सो समस्या समाधानको पहलस्वरुप टर्कीका राष्ट्रपति रेसेप तायप एर्डोगानले पनि गल्फ राष्ट्रहरुको भ्रमण सुरु गरेका छन् । उनी आइबार साउदी अरेबिया पुगेको बताइएको छ  । टर्कीस् विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा उनले आइतबारदेखि नै सो भ्रमण सुरु गरेका छन् र आइतबार उनले साउदी अरेबियाका राजालाई भेटगरी त्यस विषयमा कुराकानी गरेको बताइएको छ ।  

यसअघि कतारसँग उसका छिमेकी मुलुकहरुको कूटनीतिक सम्बन्ध सुधार्ने प्रयासका लागि फ्रान्सका विदेशमन्त्री जेन यभेसले ड्रिनले पनि गत हप्ता साउदी अरब पुगेका थिए ।  उनीसँगको भेटवार्ताका क्रममा साउदी अरेबियाका विदेशमन्त्री अल जुबेइरले कतारले धेरै सम्झौता उल्लङ्घन गरेका प्रमाणहरु रहेको दावीगर्दै सम्बन्ध पुनस्र्थापनाका लागि कतारले आफ्ना शर्तहरु पालना गनुपर्नेमा जोड दिएका थिए ।  

कतारका छिमेकी खाडी मुलुकहरुले कतारले साउदी अरेबिया तथा खाडीका अन्य मुलुकसँगका सम्झौताहरु उल्लङ्घन गरेको बताएका छन् ।तर यी सबै आरोपहरुको कतारले भने खण्डन गर्दै आएको छ । उसले आफूमागि लगाइएका यी सबै आरोपहरु निराधार रहेको स्पष्ट रुपमा भन्दै आएको छ ।  पछिल्लो समयमा कुवेत सक्रिय रहेको छ भने युरोेपेली युनियनका उच्च अधिकारीले गरेको यस भ्रमणले पनि उक्त समस्याको समाधानका लागि सकारात्मक परिणाम दिने अपेक्षा गरिएको छ ।

सम्बन्धित समाचार

काँग्रेस नेता लेखक र कतारका मन्त्रीबीच भेटवार्ता

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्वश्रम तथा रोजगारमन्त्री रमेश लेखकले कतारका प्रशासकीय विकास, श्रम तथा सामाजिक मामिलामन्त्री डा इसा साद ए अल नैमीसँग आज भेटवार्ता गरेका छन् ।  नेपाली

स्वदेश फर्कन नदिएपछि कतारमा दुई नेपाली युवा विचल्लीमा

खोटाङ । वैदेशिक रोजगारीका लागि कतार पुगेका खोटाङका दुई युवा कम्पनीबाट काम र तलब नपाउँदा विचल्लीमा परेका छन् । काठमाडौँस्थित प्रोगेसिप मेनपावरमार्फत जनही रु ७५ हजारका दरले धरौटी रकम बुझाएर कतार पुगेका खोटेहाङ

दुर्गा तिवारीको हत्यामा संलग्न सिंजालीलाई कतारमा पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ ।  नेपाल प्रहरीले गतबर्ष युवा संघ, रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न एकजनालाई पक्राउ गरेको छ ।  विसं २०७३ पुस ४ गते युवा संघ रुपन्देहीका तत्कालीन अध्यक्ष तिवारीको हत्यामा संलग्न तुलबहादुर सिंजालीलाई

कतारमा बिचल्लीमा परेकी खोटाङकी युवतीलाई नेपाल पठाइयो

खोटाङ / चार महिनादेखि कतारमा अलपत्र परेकी खोटाङ बास्पानीकी एक युवतीलाई स्वदेश फर्काइएको छ । कतारको दोहास्थित सफिर क्लिनर कम्पनीमा कार्यरत केपिलासगढी गाउँपालिका–३ बास्पानीकी मनराखी राईलार्ई खोटाङ सेवा समाज कतारको सहयोगमा