• २०८१ बैशाख १२ बुधबार

ब्राजिलको कारागारमा फेरि दङ्गा

kharibot

रियो डे जेनेरो ।  मध्यपश्चिममा रहेको एक कारागारमा बिहीबार दोस्रो पटक दङ्गा भएको छ । सन् २०१८ को सुरुपछि यसप्रकार जेलभित्र दङ्गा सुरु भएको यो दोस्रो पटक हो । 

अधिकारीहरुका अनुसार यस दङ्गाको क्रममा एकजना कैदीले भाग्ने मौका पाएका थिए तर उनलाई पनि पुनः कब्जामा लिइएको जनाइएको छ । 

यस दङ्गामा कुनै व्यक्ति हताहत भने नभएका बताइएको छ । ब्राजिलको दोस्रो ठूलो सहर आपारेसिदा डे गैआनियामा यो दङ्गा सुरु भएको थियो । यस अघि पनि नयाँ बर्षको दिनमा उक्त कारागारमा कैदीहरुबीच दङ्गा भएको थियो । यसमा परी १४ व्यक्ति घाइते भएका थिए । 

ब्राजिलका जेलभित्र यस्ता हत्या हिंसाको घटना बारम्बार हुने गरेको पाइन्छ । सन् २०१७ को जनवरीमा कारागारमा भएको यस्तो दङ्गामा परी एक व्यक्तिको मृत्यु भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै