सत्ताइस घण्टापछि नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

खरीबोट

फाइल तस्विर

चितवन । अविरल वर्षापछि ठाउँठाउँमा पहिरो खसेर २७ घण्टादेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडक आज साँझ ५ बजेबाट सञ्चालनमा आएको छ । 

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सो सडकको मुग्लिन क्षेत्र, कालिखोला, चोर खोला, भालुखोला, सेतीदोभान र भोर्लेलगायत क्षेत्रमा खसेको पहिरो पन्छाएर सडक सञ्चालन गरिएको हो । 

शनिबार अपराह्न २ बजेबाट जारी वर्षासँगै ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । 

यस्तै पृथ्वी राजमार्गको मुग्लिन–नौबिसे सडक खण्डमा झरेको पहिरो पन्छाएपछि एकातर्फी सडक सञ्चालनमा आएको छ । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख धर्मेन्द्र झाका अनुसार दुईतर्फी सञ्चालन गर्न भने साँझसम्म सकिएको छैन । 

मध्याह्न १२ बजेदेखि एकतर्फी रुपमा यातायात सञ्चालन भए पनि अघिल्लो दिनदेखि रोकिएका सवारीसाधन चार वटासम्म लाइन बनेर बसेकाले आवातजावत गराउन निकै कठिन भएको छ । उनका अनुसार पहिरोका कारण बाटो नरोकिएको भए पनि सवारी जामका कारण सो सडकमा समस्या उत्पन्न भएको हो ।

सम्बन्धित समाचार

नारायणगढ–मुग्लिन सडकमा सवारी रोक्दै भित्तो काट्ने काम प्रभावकारी भएन

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि केहीबेर सवारी रोक्दै भित्तो काट्दै गर्ने काम प्रभावकारी हुन सकेको छैन । निर्वाचनका कारण यात्रुले दुःख पाउने भन्दै स्थानीय प्रशासनले दिनमा चारपटक सवारी रोकेर भित्तो

नारायणगढ–मुग्लिन सडकमा सवारी रोक्दै काम गरिँदै

चितवन । नारायणगढ–मुग्लिन सडक विस्तारका क्रममा आजदेखि सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइएको छ ।  वर्षात् र चाडपर्वको समय परेका कारण झण्डै दुई महिना यतादेखि भित्तो काट्ने काम रोकिएको थियो ।

सोमबारदेखि नारायणगढ–मुग्लिन सडक रोक्दै काम गर्दै गरिने

चितवन  । नारायणगढ–मुग्लिन सडक विस्तारका लागि आजदेखि केहीबेर सवारी रोक्दै पुनः भित्तो काट्ने कामलाई निरन्तरता दिइने भनिए पनि उच्च सवारी चापका कारण सोमबारदेखि मात्र भित्तो काट्ने काम गरिने भएको छ ।  सो

नारायणगढ–मुग्लिन सडक एकतर्फी सञ्चालन

रत्ननगर, चितवन ।  चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार राति ९ः३० बजेबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । उक्त सडकको सेती दोभानमा रहेको ढुंगो पन्छाउने काम नसकिँदा साढे ११ घण्टापछि एकतर्फी मात्रै यातायात सञ्चालन गरिएको