• २०८१ बैशाख १२ बुधबार

साताको सेयर कारोबार बढ्यो

kharibot

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ७९ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार २७ हजार पाँच सय ८३ कारोबारबाट दुई अर्ब ७० करोड ७१ लाख ३७ हजार रुपैयाँ बराबरका ६४ लाख ७९ हजार आठ सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताभन्दा शून्य दशमलव ९१ प्रतिशत बढी हो । गत साता १७४ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २७ हजार एक सय ५३ कारोबारबाट दुई अर्ब ६८ करोड २६ लाख ४२ हजार रुपैयाँ बराबरका ५७ लाख २५ हजार दुई सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताका प्रमुुख सेयर सूचकांकहरु



साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३३. सय २५ अंकले बढेर अन्तिम दिन १४ सय २३ दशमलव ८३ अंकमा पुगेको छ ।  ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा सात दशमलव ५४ अंकले  बढेर दुुई सय ९९ दशमलव ६६ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम १७ करोड ३८ लाख ३० हजार रुपैयाँको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या पाँच लाख ३४ हजार कित्ताको आधारमा प्रभु बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या २७५७ वटाको आधारमा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सूचीकरणतर्फ भने मेगा बैंक र मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको बोनस तथा हकप्रद सेयर सूचीकरण भएको छ । 

कारोबार रकमका आधारमा यो साताका स्ट्यान्डर्ड चार्टर्ड, प्रभु बैंक, एसियन लाइफ (संस्थापक), एनसीसी बैंक र नेपाल लाइफ इन्स्योरेन्स उत्कृष्ट पाँच कम्पनी ठहरिए भने यस साता सूचीकरणतर्फ मेगा बैंकको हकप्रद २७९४४२९५ कित्ता, मेरो माइक्रोफाइनान्सको बोनस ६६०००० कित्ता सेयर सूचीकृत भएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै