• २०८१ बैशाख ८ शनिबार

बाढीले पोल बगाउँदा बारामा अन्धकार, अझै २ दिन विद्युत सुचारु नहुँने

kharibot

फाइल तस्विर

बारा ।  बाराको डुमरवानामा रहेको बालगंगा खोलाले चार वटा विद्युत पोल बगाए पछि बाराको डुमरवाना , औराहामा शनिवार राती देखि विद्युत सेवा अवरुद्ध भएको छ । 

पिलुवा सवस्टेशनबाट ल्याईएको ११ के।भी। प्रशारण लाईनको ४ वटा पोल वालगंगा खोलामा शनिवार राती आएको बाढिले तार सहिँत बगाए पछि विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमूख सञ्जिव साहले जानकारी दिए । 

विद्युत सेवा अवरुद्ध भएपछि डुमरवाना र औराहा क्षेत्रका तिनहजार भन्दा बढि सेवाग्राही मारमा परेका छन् । 

यस्तै बारा र रौतहटको सिमानामा रहेको धन्सार खोलामा आएको बाढिले विद्युत पोल बगाए पछि बाराको निजगढ क्षेत्र पनि अन्धकार बनेको छ । विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका अनुसार चन्द्रनिगाहापुरबाट आएको ३३ के।भी। प्रशारण लाईनको एउटा पोल धन्सार खोलामा आएको वाढिले बगाए पछि विद्युत सेवा अवरुद्ध भएको हो । निजगढ क्षेत्रका ६ हजार भन्दा बढि घरधुरी अन्धकारको मारमा परेका छन् ।

दुबै क्षेत्रमा सेवा सुचारु गर्न दुई दिन लाग्ने विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमूख सञ्जिव साहले जानकारी दिए । ‘हामी सक्दो छिटो विद्युत सेवा सुचारु गर्ने प्रयासमा छौं’ उनले भने ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै