बाढीले पोल बगाउँदा बारामा अन्धकार, अझै २ दिन विद्युत सुचारु नहुँने

खरीबोट

फाइल तस्विर

बारा ।  बाराको डुमरवानामा रहेको बालगंगा खोलाले चार वटा विद्युत पोल बगाए पछि बाराको डुमरवाना , औराहामा शनिवार राती देखि विद्युत सेवा अवरुद्ध भएको छ । 

पिलुवा सवस्टेशनबाट ल्याईएको ११ के।भी। प्रशारण लाईनको ४ वटा पोल वालगंगा खोलामा शनिवार राती आएको बाढिले तार सहिँत बगाए पछि विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमूख सञ्जिव साहले जानकारी दिए । 

विद्युत सेवा अवरुद्ध भएपछि डुमरवाना र औराहा क्षेत्रका तिनहजार भन्दा बढि सेवाग्राही मारमा परेका छन् । 

यस्तै बारा र रौतहटको सिमानामा रहेको धन्सार खोलामा आएको बाढिले विद्युत पोल बगाए पछि बाराको निजगढ क्षेत्र पनि अन्धकार बनेको छ । विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका अनुसार चन्द्रनिगाहापुरबाट आएको ३३ के।भी। प्रशारण लाईनको एउटा पोल धन्सार खोलामा आएको वाढिले बगाए पछि विद्युत सेवा अवरुद्ध भएको हो । निजगढ क्षेत्रका ६ हजार भन्दा बढि घरधुरी अन्धकारको मारमा परेका छन् ।

दुबै क्षेत्रमा सेवा सुचारु गर्न दुई दिन लाग्ने विद्युत प्राधिकरण सिमरा वितरण केन्द्रका प्रमूख सञ्जिव साहले जानकारी दिए । ‘हामी सक्दो छिटो विद्युत सेवा सुचारु गर्ने प्रयासमा छौं’ उनले भने ।
 

सम्बन्धित समाचार

विजुलीको महसुल घरबाटै तिर्न मिल्ने, प्राधिकरणले सुरु गर्यो तयारी

काठमाडौँ, लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकमका

प्राधिकरणद्वारा विद्युत महसुल बढाउन प्रस्ताव : घरायसी ग्राहकलाई फाइदा

काठमाडौँ, नेपाल विद्युत् प्राधिकरणले साधारण घरायसी ग्राहकलाई थप भार नपर्ने गरी नयाँ विद्युत् महसुल प्रस्ताव गरेको छ । घरायसी ग्राहकले औसतमा १० युनिट विद्युत् प्रयोग गर्ने गरेको अध्ययनबाट देखिएको छ ।

घुस रकमसहित विद्युत प्राधिकरणका कर्मचारी पक्राउ

काठमाडौँ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण दुहबी वितरण केन्द्र सुनसरीका फोरमेन गोविन्दप्रसाद न्यौपानेलाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नयाँ मिटर जडान गर्ने कार्यका लागि न्यौपानेले एक

विद्युत प्राधिकरणको सौर्य उर्जाको ठेक्का रद्द गर्न लेखा समितिको निर्देशन

काठमाडौँ, संसदीय समितिले २५ मेगावाट क्षमताको सौर्य प्रणालीको ठेक्का खारेज गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । व्यवस्थापिका–संसद् सार्वजनिक लेखा समितिको आजको बैठकले ठेक्का प्रक्रियामा गलत मनसाय देखिएकाले खारेज गर्न