• २०८१ बैशाख ६ बिहीबार

सन् २०१८ प्रि-भ्यु : विज्ञानमा व्यवसायीकरण, अन्तरिक्ष मिसनमा सफलता

kharibot

एलेन मस्कले ट्विटरबाट सार्वजनिक गरेको स्पेस एक्सको फाल्कोन हेभी रकेट (बायाँ), जापानको हायाबुसा २ मिसन (दायाँपट्टि माथि) र नासाको इन्साइट मिसन (दायाँपट्टि तल) । तस्बिर : स्पेस-एक्स/जाक्सा/नासा/बीबीसी

बेलायत । नयाँ वर्ष २०१८ सुरु भएको आज छैटौँ दिन भइसकेको छ । हरेक नयाँ वर्षको सुरुवात भनेको पुरानो वर्षको अन्त्य हो । त्यसकारण नयाँ वर्षको सुरु पुरानो वर्षमा प्राप्त उपलब्धिहरुको विश्लेषणबाटै हुन्छ । 

बितेको साल २०१७ मा अन्तरिक्ष क्षेत्रमा महत्वपूर्ण सफलत हात परेको छ । त्यसकारण २०१८ मा यसले निरन्तरता पाउनेछ र यसको सुरुवात भारतको चन्द्रमिसन चन्द्रायण २ को प्रक्षेपणबाट हुनेछ ।

भारतले यसअघि सन् २००८ मा चन्द्रमिसन सुरु गरेको थियो । उक्त मिसन अर्बिट अर्थात् चन्द्रमाको कक्षसम्म मात्रै थियो भने चन्द्रायण २ भने अर्बिटर, ल्याण्डर र रोभरसहितको हुनेछ । यी सबै भारतीय अन्तरिक्ष संस्था (आईएसआरओ)ले विकास गरेको हो । यो मिसन आगामी मार्चतिर आन्ध्र प्रदेशमा रहेको सतिश धवन स्पेस सेन्टरबाट जीएसएलभी रकेटमार्फत प्रक्षेपण गरिनेछ ।   

त्यस्तै आगामी मेमा नासाले मंगल ग्रहमा इन्साइट स्पेसक्राफ्ट (अन्तरिक्षयान)को प्रक्षेपण गर्नेछ । यसले मंगलग्रहको भित्री सतहसम्मको अध्ययन गर्नेछ जसबाट यसको सतह कसरी बनेको छ भन्ने नयाँ तथ्यहरु मिल्नसक्नेछ । यसले मार्सक्वेक्स अर्थात् मंगलग्रहभित्रको भूकम्पन सुन्नेछ भने यसबाट ग्रहको भित्री संरचनाबारे समेत ज्ञान हासिन हुनसक्नेछ ।  

आगामी जुलाईमा जापानी अन्तरिक्ष संस्था (जाक्सा)को हायाबुसा २ अन्तरिक्षयानले आफ्नो गन्तव्य बनाएको क्षुद्रग्रह (आष्टेरोइड १६२१७३ रिउगुमा पुग्न सफल हुनेछ । यसले अन्तरिक्ष चट्टान पृथ्वीमा ल्याउनेबारे प्रयास हुनेछ । यसअघिको हायाबुसा मिसनले संसारको कल्पनाको तस्बिर खिच्न सफल भएको थियो सन् २००५ मा जतिबेला यो आष्टेरोइड इतोकावा पुगेको थियो । 

केही कठिनाइ पार गर्नुपरे पनि उक्त मिसन पृथ्वीमा फर्किन सफल भएको थियो । जसले केही चट्टानी नमूनाहरु पृथ्वीमा ल्याएको थियो, जसबाट वैज्ञानिकहरुले महत्वपूर्ण सूचना प्राप्त गरेका थिए ।

इन्जिनियरहरुले हायाबुसा २ बनाउनेक्रममा धेरै सुधार ल्याएका छन्, जसका कारण यसले आष्टेरोइड रियुगुको सतहबाट थुप्रै नमूनाहरु ल्याउने अपेक्षा गरिएको छ । यसका लागि ससाना ल्यान्डरहरु अवतरण गराइएको थियो । 

त्यसो त यो वर्ष जापान यस किसिमका क्षुद्रग्रहमा पुग्ने एक्लो देश हुनेछैन । सन् २०१६ मा प्रक्षेपित नासाको ओसिरिस रेक्स स्पेसक्राफ्टले आगामी अगष्टमा १०१९५५ बेन्नु नामको अन्तरिक्षमा भेटिएको वस्तु भेट्नेछ, त्यसबाट ओसिरिस रेक्सले माटा र चट्टानी नमूना लिएर पृथ्वीमा आउनेछ । 

युरोप र जापानले संयुक्त रुपमा सूर्यबाट पहिलो ग्रह बुधमा आफ्नो पहिलो मिसन घोषणा गर्नसक्नेछन्, यही वर्ष । बेपी कोलोम्बो नामको मिसनले मर्करी (बुधग्रह)को बाहिरी र भित्री अवस्थाको युएस स्पेस एजेन्सीको भर्खरैको मेसेन्जर स्पेसक्राफ्टले पाएको तथ्यको अझ गहिराइसम्म अध्ययन गर्ने अनुमान गरिएको छ । 

यो मिसन एउटै रकेटमा दुईवटा स्पेसक्राफ्टयुक्त हुनेछ भने यसले विस्तृत विवरणयुक्त नक्सांकन र बुध ग्रहको म्याग्नेटिक जमिनको अनुसन्धान गर्नेछ । वैज्ञानिकहरुले यस ग्रहमा ठूलो परिमाणमा फलाम भित्र र सिलिकेट चट्टानले बनेको बाहिरी सतहबारेका जिज्ञासा समाधान हुने अपेक्षा गरेका छन् ।

व्यावसायिक अन्तरिक्ष दौड 

यो वर्ष एलेन मस्कको निजी लञ्च (प्रक्षेपक) कम्पनी स्पेस—एक्स लफ्टकको हुनेछ । यसले अहिलेसम्मकै शक्तिशाली रकेट बनाएको छ  द फाल्कोन हेभी । 

डिसेम्बरमा मस्कले ट्विटरमा फ्लोरिडामा रहेको केन्नेडी स्पेस सेन्टरमा ठूलो साधनको तस्बिर ट्विट गरेका थिए । उक्र साधन धेरै तौलयुक्त रकेट हो, जसमा कम्पनीको फाल्कोन ९ बुस्टरयुरुक्त भित्री तहसमेत रहेको छ । ७० मिटर लामो शक्तिशाली रकेटले ५७ मेट्रिक टन लोड अन्तरिक्षसम्म पुर्याउनसक्नेछ । यदि यो सफल भए स्पेस एक्सले नयाँ स्याटेलाइट लन्च मार्केट्स र अन्तरिक्षमा विशेष गरी पृथ्वीको कक्षमा रहने अन्तरिक्षयात्रीसम्मको पहुँचलाई धेरै सहज बनाउनेछ । 

उक्त निजी कम्पनीले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा क्र्यु पुर्याउने यसको लक्ष्य भेट्न सफल हुनेछ । यस्तो मिसन सन् २०१९ मा मात्रै सम्भव हुने बताइएको छ । अहिलेको मौजुदा योजनाअनुसार स्पेस एक्स र एरोस्पेस जायन्ट बोइंग मिलेर पहिलोपटक अमेरिकी भूमिबाट क्र्यु उडाउनेछन् ।

यसअघि २०११ जुलाईमा नासाको स्पेस शटलको आयु सकिएपछि अहिलेसम्म हुनसकेको छैन । सोही कारण अमेरिकाले रसियाको सहयोगमा आफ्ना अन्तरिक्ष यात्री पठाउँदै आएको छ ।  यसका लागि दुवै कम्पनीले लन्च सिष्टमको पहिला परीक्षण गर्नेछन् मान्छेरहित प्रक्षेपण गरेर र त्यसबाट इन्जिनियरिंग डाटा जम्मा गरिनेछ । त्यसपछि मात्रै मान्छेसहितको प्रक्षेपण हुनेछ । 

तर सफल परीक्षणमात्रैले दुवै कम्पनीलाई पुग्दैन, उनीहरुले अमेरिकी अन्तरिक्ष संस्थाबाट प्रमाणित हुनुपर्नेछ । यस्ता क्राफ्टहरु पछि नासाको लन्च सिष्टममा मिसिनेछन् । जुन सिष्टम धेरै महंगो र लामो प्रतीक्षा गरिएको हुनेछ ।

यसलाई ओरियन क्याप्सुल र एसएलएस रकेटमार्फत प्रक्षेपण गरिनेछ भने यसलाई पृथ्वीकक्षको कम मात्रै तल मान्छे पठाउने गरी प्रयोग गरिनेछ । यसको मान्छेरहित उडान आगामी वर्ष हुनेछ भने मान्छेसहित उडान सन् २०२१ मा हुनेछ । 

बीबीसीबाट भावानुदित । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै