• २०८१ बैशाख ८ शनिबार

मिदिमखोला जलविद्युतको कार्यालय तोडफोड

kharibot

मध्यनेपाल, लमजुङ ।  पश्चिम लमजुङको मध्यनेपालमा रहेको तीन मेगावाट मिदिमखोला जलविद्युत् आयोजनाको कार्यालय तोडफोड भएको छ । मध्यनेपाल–८, करापुमा रहेको कार्यालयमा बिहीबार साँझ तोडफोड भएको हो । 

सोही नगरपालिकाअन्तर्गत डढुवाका स्थानीयवासीले ढुंगामुढा प्रहार गरेर कार्यालय तथा कर्मचारी आवासगृहमा तोडफोड गरेको आयोजनाले जनाएको छ । केही दिनअघि उनीहरुले बा“ध क्षेत्रमा रहेको हेडवक्र्सको प्यानलबोर्ड पनि तोडफोड गरेका थिए । 

तोडफोडबाट जलविद्युत्को आवासगृह र कार्यालयका गरी छवटा कोठामा क्षति भएको छ । स्थानीयवासीको ढुंगामुढा प्रहारबाट आयोजनाको आवासगृह र कार्यालयको पर्खाल, ढोका, झ्याल साथै कोठाभित्रका कम्प्युटर, दराजलगायतका सामग्रीमा क्षति पुगेको बताइएको छ । त्यस्तै ग्यारेजमा राखिएको बा१३ज २४६३ नं को पिकअप जिपमा पनि क्षति पुगेको आयोजनाले जनाएको छ । 

आयोजनासँग विभिन्न माग राख्दै आएका स्थानीयवासीले सुनुवाइ नभएको भन्दै तोडफोड गरेको बुझिएको छ । घटनामा संलग्नहरु फरार भएको र उनीहरुलाई खोजीकार्य तीव्र बनाइएको इलाका प्रहरी कार्यालय भोर्लेटारका इन्स्पेक्टर जयराम वन्तले जानकारी दिए । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै