• २०८१ बैशाख ६ बिहीबार

बाढी पहिरोलाई ध्यान दिदै टेलिकमले देशभर आफ्नो नेटवर्कमा एसएमएस सेवा निःशुल्क

kharibot

फाइल तस्विर

काठमाडौँ । नेपाल टेलिकमले देशभर आफ्नो नेटवर्कमा हुने एसएमएस सेवा निःशुल्क गरेको छ । बाढी पहिरोले सञ्चार सम्बन्धमा असजता आएपछि टेलिकमले यस्तो घोषणा गरेको हो ।

अब देशभर म्यासेज पठाउँदा कुनै शुल्क लाग्ने छैन । आइतबारदेखि लागू भएको यो ब्यवस्था ३१ गते मंगलबारसम्म लागू हुने नेपाल टेलिकमले जनाएको छ ।

बाढी र पहिरो पीडितलाई ध्यानमा राखेर यो सेवfको घोषणा गरिएको भन्दै टेलिकमले अन्य क्षेत्रका ग्राहकले अति आवश्यक अवस्थामा मात्रै सेवा उपयोग गरिदिन आग्रह गरेको छ ।

सञ्चारमन्त्री मोहनबहादुर बस्नेत आज एक कार्यक्रममा बोल्दै बाढी प्रभावित क्षेत्रका बासिन्दालाई सूचना आदान प्रदान गर्न सहज होस् भनेर यो निर्णय गरेको बताएका छन् ।

टेलिकमले नेपाल टेलिकमको मोबाइलमा एसएमएस गर्दा मात्रै यो सुविधा पाइने जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै