• २०८१ बैशाख ७ शुक्रबार

कांग्रेसले आफ्ना सांसदहरुको एक महिनाको तलब बाढी पीडित उद्धार कोषमा दिने 

kharibot

काठमाडौँ  । नेपाली कांग्रेसका सांसदहरुले एक महिना बराबरको रकम बाढी पीडित उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेका छन् ।

आइतबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बाढी पीडितको उद्धार र राहतका लागि कोषमा एक महिनाको तलब दिने निर्णय गरेको हो ।

बैठकले पीडितको उद्धार तथा राहत कार्यलाई तिव्रता दिन पनि सरकारलाई आग्रह गरेको छ । साथै पार्टीका सबै कार्यकर्तालाई उद्धार तथा राहतमा जुट्न निर्देशन दिइएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै