• २०८१ बैशाख ८ शनिबार

कोपा डेल रे : मेसी बिना बार्सिलोना बराबरीमा रोकियो

kharibot

काठमाडौँ । बार्सिलोनाले नयाँ बर्षको सुरुवाती खेलमा बराबरीमा चित्त बुझाएको छ । आफ्ना प्रमुख खेलाडी लियोनेल मेसी, इनेष्टा र लुइस स्वरेज बिना खेलेको बार्सिलोनाले सेल्टा डे भिगोविरुद्ध १-१ गोलको बराबरीमा रोकिएको छ । 

खेलको १५औ मिनेटमा जोसे अर्नैजले गोल गर्दै बार्सिलोनाका लागि सुरुवाती अग्रता दिलाएका थिए भने ३१औ मिनेटमा पिओनो सिस्टोले गोल गर्दै सेल्टाले खेल बराबरी गरेको थियो ।

अर्नैजले बार्सिलोनाका लागि यस बर्षको पहिलो गोल गरेका छन् । यस अघि २०१६ र २०१७ मा लियोनेल मेसीले बार्सिलोनाका लागि पहिलो गोल गरेका थिए भने २०१५ मा नेइमारले बार्सिलोनाको लागि बर्षको पहिलो गोल गरेका थिए ।

बार्सिलोनाका लागि यस खेलबाट लामो समय इन्जुरीका कारण ४ महिना मैदानबाट बाहिर रहेका ओसुमाना डेमडेले सम्बस्टिच्युटको रुपमा खेलमा फर्किएका छन् । बार्सिलोनाले कोपा डेल रेको अन्तिम १६ को पहिलो लिगमा १-१ गोलको बराबरीमा सकिएको छ ।
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै