• २०८१ बैशाख १३ बिहीबार

नेपाली काँग्रेससँग तालमेल गर्नु नै पराजयको कारण : राप्रपा

kharibot

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा नेपाली काँग्रेससँग तालमेल गर्नु नै पार्टी पराजय हुनुको मुख्य कारण भएकोमा जोड दिएका छन् । 

पार्टी प्रवक्ता भुवन पाठकका अनुसार बैठकमा बोल्नुभएका नेताले प्रतिनिधिसभा चुनावमा देशका १६५ स्थानमध्ये पाँच स्थानमा मात्र उम्मेदवारी दिएकाले पार्टीले न्यूनतम मतसीमा प्राप्त गर्न नसकेको विचार व्यक्त गरे । 

बुधबारदेखि जारी बैठकमा अहिलेसम्म ५८ नेताले धारणा राखेको र केही नेताले बोल्न बाँकी रहेकाले शुक्रबार बिहान ९ बजेसम्म बैठक स्थगित गरिएको छ । 

पार्टी विभाजन तथा आन्तरिक कलहका कारणले पनि जनताले पार्टीप्रति विश्वास कम गरेको र विभिन्न शीरामा विभाजित राप्रपामा मत बाँडिएको, पछिल्लो पटक पार्टी सरकारमा सहभागी हुनुका कारण पनि पराजय भोग्नु परेको समीक्षा गरिएको छ । सबै नेताले धारणा राखेपछि पार्टी अध्यक्ष कमल थापाले भोलि जवाफ दिने कार्यक्रम तय गरिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै