• २०८१ बैशाख १४ शुक्रबार

प्रदेश राजधानी बनाउन माग गर्दै काँग्रेसको वुटवलमा चक्काजाम 

kharibot

वुटवल । राजधानी रुपन्देहीमा राख्न माग गर्दै नेपाली कांग्रेसले बिहीबार बिहान रुपन्देहीमा चक्काजाम गरेको छ ।

बिहान ९ बजेदेखि १० बजेसम्म बुटवलको अस्पताललाइन, मणिग्राम चोक र मुर्गियामा चक्काचाम गरेको हो । चक्काजाममा सहभागीले आज बस्ने मन्त्रीपरिषदको बैठकले प्रदेशको राजधानी दाङ घोषणा गरे त्यसलाई कुनै हालतमा नमान्ने चेतावनी दिएका थिए ।

यसअघि मन्त्रिपरिषदको कार्यालय र सहरी विकास मन्त्रालयले गरेको अध्ययनमा दाङलाई अस्थाई राजधानी बनाउन सिफारिस गरेको छ ।

चक्काजामका कारण पूर्व–पश्चिम महेन्द्रराजमार्ग र सिद्धार्थ राजमार्गमा १ घण्टा आवागमन अवरुद्ध भएको थियो ।

सरकारले तत्कालका लागि अस्थायी राजधानी तोक्ने र पछि स्थायी राजधानीका लागि प्रदेशसभाको बहुमतबाट निर्णय हुने भएकाले पनि सबैलाई राजधानीका विषयमा चासो बढेको छ ।

प्रदेश मन्त्रालयको लागि भवन, सडक सन्जाल, अन्तर्राष्ट्रिय बिमानस्थल, गौतमबुद्धको जन्मस्थल लुम्विनी जस्ता कारणले राजधानीकालागि रुपन्देही उपयुक्त हुने उनीहरुको ठहर छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै