• २०८१ बैशाख ८ शनिबार

राष्ट्र बैकले आज अपरान्ह दुई बजेसम्म १० अर्बको बिकास ऋणपत्र सोझै खरिद गर्ने

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैकले आज बिहिबार अपरान्ह दुई बजेसम्म १० अर्ब रुपैयाँको ऋणपत्र सोझै खरिद गर्ने भएको छ । बैकिङ क्षेत्रमा परेको तरलता अभाव (लगानी योग्य रकम अभाव) को समस्यालाई सम्वोधन गर्न उक्त परिमाणमा ऋणपत्र खरिद गर्न लागिएको राष्ट्र बैकले जानकारी दिएको छ । 

ऋणपत्र बिक्री गर्न चाहने काउन्टर पार्टीले बिक्री गर्न चाहेको बिकास ऋणपत्रको सिरिज नम्वर, परिमाण र कति मुल्यमा बिक्री गर्ने हो, बिक्री मुल्य समेत उल्लेख गरी अपरान्ह दुई बजेभित्र राष्ट्र  बैैकमा पठाउनुु पर्ने छ । चालु आर्थिक बर्षभित्रमा एक खर्ब ४५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने लक्ष्य लिएको राष्ट्र बैकले चालु आवको पहिलो त्रैमाससम्म झण्डै एक खर्ब १० अर्ब रुपैयाँ आन्तरिक उठाईसकेको छ । 

तर अहिले भने बजारमा लगानी योग्य रकमको अभाव भएपछि बिगतमा आफुुले बिक्री गरेको ऋणपत्र सम्वन्धीत काउन्टरपाटीबाट सोझै खरिद गरी बजारमा लगानीयोग्य रकम पठाएर तरलता अभावको समस्या सम्वोधन गर्न लागेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै