• २०८१ बैशाख ८ शनिबार

ओपोद्वारा ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु पुरस्कृत

kharibot

काठमाडौं । ओपोले सन् २०१७ को क्रिसमसका अवसरमा आयोजित ‘मेरी क्रिसमस सेल्फी कन्टेष्ट’का विजेताहरु लाई पुरस्कार हस्तान्तरण गरेको छ । 

काठमाडौंको कमलपोखरी स्थित आफ्नै सेवा केन्द्रमा एक कार्यक्रमको आयोजना गरी ओपोले विजेताहरुलाई परस्कृत गरेको हो । ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले विजेताहरुलाई पुरस्कार हस्तान्तरण गरेका थिए । कम्पनीका अनुसार आफ्ना आदर्णिय उपभोक्ताहरु संग ‘क्रिसमस डे’को खुशी साट्ने सोचका साथ सो सेल्फी प्रतियोगिताको आयोजना गरिएको हो । 

‘प्रतियोगितामा उल्लेख्य सहभागिताका लागि हामी हाम्रा समस्त आदर्णिय उपभोक्ताप्रति कृतज्ञ छौँ’, पुरस्कार वितरण कार्यक्रममा सबै विजेताहरुलाई बधाई दिँदै प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने,‘भविष्यमा अझ रोचक तथा आकर्षक प्रतियोगिता तथा क्याम्पेनहरुका साथ उपभोक्ताको थप नजिक हुन हामीलाई यसले अझ प्रोत्साहित गरेको छ ।’ पुस ९ देखि ११ सम्म तीन दिनका लागि सञ्चालित उक्त प्रतियोगितामा सन्देश, कमेण्ट लगायत विभिन्न माध्यमबाट आफ्नो सेल्फी पठाइ ईच्छुकहरुले उत्साहजनक सहभागिता जनाएका थिए । 
कन्टेष्टका विजेताका रुपमा रोजनिम श्रेष्ठ, चन्दा पौडेल र रविन्द्र श्रेष्ठ रुपमा छनोट भएका थिए ।

विजेताहरुलाई कम्पनीका तर्फबाट आकर्षक गिफ्ट ह्याम्पियर प्रदान गरिएको छ । प्रतियोगिता अन्तर्गत कम्पनीले ईच्छुकलाई आफ्नो क्रिसमस सम्बन्धित सेल्फी ह्यासट्याग ओपोएफफाइभ तथा ह्यासट्याग क्यापचर दि रियल यू सहित पोष्ट गर्न आग्रह गरेको थियो । यसरी नियमबद्ध पोष्ट गरिएका तस्विर मध्यबाट कम्पनी ३ विजेताको छनोट गरेको हो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै