• २०८१ बैशाख ८ शनिबार

बाघको आक्रमणबाट दुई महिला गम्भीर घाइते

kharibot

फाइल तस्बिर

बर्दिया ।  बाघको आक्रमणबाट आज दिउँसो दुई महिला गम्भीर घाइते भएका छन् । 

दशगजा नजिकको जंगलमा घाँस काटन गएका बेला बाघको आक्रमणमा परी गुलरिया नगरपालिका–३ खैरापुरकी ४० वर्षीया मुन्नी साबुरी र ३० वर्षीया सरिता गोडिया घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । 

बाघको आक्रमणबाट घाइते दुवै महिलाको घाँटी र टाउकोमा ठूलो घाउ लागेको छ । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लगिएको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै