• २०८१ बैशाख ६ बिहीबार

गर्लान त दीपिका-रनबीरले इन्गेजमेन्ट ?

kharibot

मुम्बई । बलिवुडमा सिनेमाको जति चर्चा हुन्छ त्यति नै स्टारहरुको प्रेम प्रसंगको चर्चा हुने गर्दछ । २०१७ को अन्तिम महिना डिसेम्बर अभिनेत्री अनुष्का शर्मा र क्रिकेट कप्तान विराट कोहलीको विवाहले बलिवुड र क्रिकेटका फ्यानलाई तरंगित बनाएको थियो । 

भारतबाट धेरै टाढा इटालीमा गएर गरिएको सो विवाहपछि बलिवु का अर्का सुपरस्टार प्रेमी रनबीर सिंह र अभिनेत्री दीपिका पदुकोनेपनि विवाह बन्धनमा बाधिन लागेको चर्चा सुरु भएको छ । यद्यपी यी सबै मिडियामा भएका अड्कल बाजीहरु नै हुन् । 

तर पछिल्लो रिपोर्ट अनुसार दुवैको लामो समयको प्रेम सम्बन्ध यस बर्ष आधिकारिक रुपममा विवाहमा बदलिने कुराले बढी नै चर्चा पाएको छ ।

नयाँ बर्षको अवसरमा दीपिका र रनबीर छुट्टी मनाउन श्रीलंकामा रहेको रिपोर्ट आएको छ । भारतीय मिडियामा आएका रिपोर्टलाई विस्वास गर्ने हो उनीहरुले आगामी जनवरी ५ मा दीपिकाको जन्मदिनका अवसर इन्गेजमेन्ट गर्नसक्ने बताइएको छ । नयाँ बर्षमा श्रीलंका गएका दीपिका-रनबीर दीपिकाको जन्मदिन श्रीलंका मै मनाउने भएका छन् ।

अनुष्का-वीराटको घरजमपछि दीपिका-रनबीर पनि घरजमको तयारीमा लागेको मिडियामा धेरै नै चर्चा चलेको छ ।

दीपिका-रनबीर अभिनित पद्मावती विवादका कारण २०१७ मा प्रदर्शन हुन नसकेपछि यस बर्षको मार्चमा प्रदर्शन हुनसक्ने देखिएको छ ।     
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै