• २०८१ बैशाख ८ शनिबार

ट्रम्पको किमलाई जवाफ-‘तिमीसँगभन्दा शक्तिशाली न्युक्लियरको स्विच मेरो हातमा छ’

kharibot

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ उनले न्युक्लियर हतियारको स्विच आफ्नो डेस्कमा भएको भनाइको जवाफ दिएका छन् । 

ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत किमसँग भन्दा ठुलो र शक्तिशाली न्युक्लियर हतियारको स्विच आफ्नो डेस्कमा भएको बताएका छन् ।

नेता किमले नयाँ वर्षको अवसरमा उत्तर कोरियाली नागरिकलाई गत सोमबार सम्बोधन गर्दै न्युक्लियर हतियारको स्विच आफ्नो डेस्कमा भएको र अमेरिकाले जबर्जस्ती आक्रमण गरे सशक्त प्रतिरोधका लागि तयार रहेको बताएका थिए । 

North Korean Leader Kim Jong Un just stated that the “Nuclear Button is on his desk at all times.” Will someone from his depleted and food starved regime please inform him that I too have a Nuclear Button, but it is a much bigger & more powerful one than his, and my Button works!

— Donald J. Trump (@realDonaldTrump) January 3, 2018

किमले न्युक्लियर हतियारको बटन आफ्नो डेस्कमा रहे पनि उत्तर कोरियामाथि कुनै पनि भय, आतंक नआएसम्म त्यसको प्रयोग नगर्ने बताएका थिए । 

उनले अमेरिकाले सधैँ न्युक्लियर बटन मेरो डेस्कमा रहेको छ भन्ने थाहा पाउनुपर्छ भन्दै उत्तर कोरियाले अमेरिकाको कुनै पनि भूभाग आफ्नो मिसाइलको क्षेत्रमा रहेको चेतावनी दिएका थिए । 

गत सेप्टेम्बरमा मात्रै उत्तर कोरियाले छैटौँ शक्तिशाली आणविक परीक्षण गरेको थियो भने केही हप्ताअघि मात्रै उच्चस्तरीय प्रविधियुक्त अन्तर्महाद्वीपीय ब्यालिष्टिक क्षेप्यास्त्र परीक्षण गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै