• २०८१ बैशाख १३ बिहीबार

आजको सेयरबजार : बीमा समूहको उच्च गिरावट, नेप्से पनि ११ अंकले घट्यो

kharibot

काठमाडौं । अघिल्ला दिनहरुको तुुलनामा साताको पहिलो कारोबार दिन आज आईतबार नेप्से सूचक तथा कारोबार रकम दुुबै उच्च अंकले घटेको छ । बीमा समूहको सूचकमा एक सय अंक भन्दा बढीले गिरावट आउँदा सिंगो नेप्से सूचक घटेको छ ।

आज नेप्से ११ दशमलव चार अंकले घटेर १६ सय ४२ दशमलव १३ विन्दुुमा झरेको छ । यसैगरी सेन्सिटिभ पनि दुुई दशमलव ४४ अंकले घटेर तीन सय ४४ दशमलव ५९ विन्दुमा झरेको छ । एक सय ६० कम्पनीहरुको सात हजार पाँच सय ८१ वटा कारोबारमा १९ लाख ६० हजार छ सय ११ कित्ता सेयर खरिद बिक्री भएकाछन । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम ८० करोड १८ लाख ३२ हजार १६ रुपैयाँ पुुगेको छ ।

सबै गरी कुुल आठ वटा समूहको कारोबार भएकोमा दुुई वटा समूहको सूचक सामान्य अंकले बढेर बाँकी समूहको सूचक घटेको छ । बीमा समूहको सूचक एक सय चार दशमलव ३७ अंकले घटेर नौ हजार दुुई सय ९३ दशमलव ११ विन्दुुमा झर्दा १७ करोड ४६ लाख १२ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । वाणिज्य बैंक समूहको सूचक पनि नौ दशमलव १६ अंकले घटेर १४ सय २३ दशमलव ९८ विन्दुुमा झर्दा २७ करोड ९४ लख ४० हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

बिकास बैंक समूहको सूचक १८ दशमलव ५१ अंकले घटेर दुुई हजार ४५ दशमलव १० विन्दुमा झरेकोमा १५ करोड ३६ लाख ७१ हजार रुपैयाँको सेयर खरिद बिक्री भएको छ । यसैगरी जलबिद्युुत समूहको सूचक २१ दशमलव ८२ अंकले घटेर १८ सय ९५ दशमलव ४१ विन्दुुमा झरेकोमा आठ करोड ४७ लाख २८ हजार दुुई सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ ।

होटल र अन्य समूहको सूचकमा पनि आज गिरावट आएको छ । फाईनान्स समूहको सूचक भने आज आठ दशमलव ५४ अंकले बढेर आठ सय ३१ दशमलव पाँच विन्दुुमा चढेकोमा दुुई करोड ९९ लाख ३४ हजार चार सय रुपैयाँको सेयर खरिद बिक्री भएको छ भने उत्पादनमुुलक समूहको कारोबार सूचक १६ दशमलव २९ अंकले बढेको छ ।

आज बढी कमाउने कम्पनीको सुचीमा परेको महालक्ष्मी बिकास बैंकको सेयर मुल्य नौ रुपैयाँ ५९ पैसाले बढेर दुुई सय ४० रुपैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सुचीमा परेको ललितपुर फाईनान्सको सेयर मुल्य १० रुपैयाँले घटेर एक सय ८० रुपैयाँमा कारोबार भएको छ । रकम कारोबारका आधारमा अग्रस्थानमा परेको नेशनल हाईड्रो पावर कम्पनीको भने आज एक सय ६३ रुपैयाँ अन्तिम मुल्यमा छ करोड ३८ लाख ४६ हजार दुुई सय ५० रुपैयाँको सेयर किनबेच भएको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै