• २०८१ बैशाख ८ शनिबार

फिलिप कोन्टिन्हो बार्सिलोना जाने पक्का, लिभरपुलका लागि अब खेल नखेल्ने 

kharibot

काठमाडौँ । लिभरपुलबाट खेल्ने ब्राजिलियन फुटबलर फिलिप कोन्टिन्होले बार्सिलोनासँग सम्झौता गर्ने लगभग पक्का पक्कि भएपछि अब लिभरपुलबाट कुनै खेल नखेल्ने भएको रिपोर्ट सार्वजनिक भएको छ ।

गएराती बर्नलीसँग भएको लिभरपुलको खेलमा कोन्टिन्हो अनुपस्थित भएपछि नै यस्तो आशंका गरिएको थियो ।

बेलायती मिडिया र स्पेनिस मिडियाले कोन्टिन्होको बार्सिलोनाको जर्सी सहितको विज्ञापन सार्वजनिक गरेपछि उनले लिभरपुलबाट नखेल्ने बताएको दाबि गरिएको छ । यद्यपी गएराती कोन्टिन्हो नखेल्नुमा उनको समान्य इन्जुरी कारण रहेको क्लबले बताउदै आएको छ ।

मिडिया रिपोर्टका अनुसार कोन्टिन्होका एजेन्ट र बार्सिलोनाका प्रतिनिधिबीच बुधबार भेटवार्ता हुदै छ भने बार्सिलोनाले कोन्टिन्होका लागि लिभरपुललाई १३० मिलियन पाउण्डको प्रस्ताव राख्न लागेको बताइएको छ ।

यसैबीच लिभरपुलले सोमबार मात्र नेदरल्यान्डका डिफेन्डर भिर्गिल भान डिजकलाई ७५ मिलियन पाउन्डमा साउथहम्पटनबाट साइन गरेको छ । 
   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै