• २०८१ बैशाख १४ शुक्रबार

बाँदर ठानेर गोली हान्दा एक जनाको मृत्यु

kharibot

पाल्पा ।  बाँदर ठानेर गोली हान्दा आज एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा तिनाउ गाउँपालिका–६, मस्यामका ६२ वर्षीय धनबहादुर थापा रहेका छन् ।  मस्यामका बालबहादुर लम्तरीले बाँदर ठानेर चलाएको गोली लागेर पल्लो पाखामा बाख्रा चराइरहेका थापाको मृत्यु भएकोे पाल्पाका प्रहरी उपरीक्षक पन्तले बताए । 

गोली प्रहार गर्ने लम्तरीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको पनि उनले जानकारी दिए । नाता सम्बन्धले मृतक थापा लम्तरीका भिनाजु पर्दछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै