• २०८१ बैशाख १३ बिहीबार

राष्ट्र बैकले बुधबार १० अर्ब रुपैयाँ बराबरको बिकास ऋणपत्र खरिद गर्ने 

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैकले भोलि बुधवार १० अर्ब रुपैयँ बराबरको बिकास ऋणपत्र खरिद गर्ने भएको छ । राष्ट्र बैकले सोझै खरिद बोलकवोल मार्फत उक्त परिमाणम बिकास ऋणपत्र किन्न लागेको हो । 

ऋणपत्र खरिदको लागि सो दिन अपरान्ह दुई बजेसम्म बोलकवोलको मिती तोकिएको राष्ट्र बैकले जानकारी दिएको छ । राष्ट्र बैकका अनुसार बिक्री गर्न चाहने काउन्टर पार्टीले बिक्री गर्न चाहेको बिकास ऋणपत्रको सिरिज नम्वर, परिमाण र कति मुल्यमा बिक्री गर्ने हो सो समेत उल्लेख गरी राष्ट्र बैकमा आवेदन दिनुपर्ने छ । 

काउन्टर पार्टीले बिक्री गर्न चाहेको ऋणपत्र राष्ट्र बैकले बहमुल्यमा गर्न सक्ने छ । बैक तथा फाईनान्स कम्पनीहरुमा तरलता अभाव (लगानी योग्य रकमको अभाव) भएपछि राष्ट्र बैकले यसअघि आफुुले बिक्री गरेको बिकास ऋणपत्र आफैले खरिद गरी बजारमा नगद रकम पठाउन लागेको हो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै