कास्की । नयाँ शक्ति पार्टीको महाधिवेशन तयारी समितिको बैठक कास्कीमा सुरु भएको छ ।
नयाँ शक्तिले आफ्नो बैठक माछापुच्छ्रे गाउँपालिकाको ल्वाङ होमस्टेमा गरिरहेको छ । बैठक आज बिहानदेखि ९ बजेदेखि बैठक सुरु भएको छ ।
यस बैठकमा नयाँ शक्तिका २ सय प्रतिनिधि सहभागी रहेको यस बैठकका लागि होमस्टेका १४ घर बुकिङ गरिएका छन् । एउटा घरमा २० जनालाई राखिएको छ। होमस्टेमा बस्नका लागि प्रत्येक सहभागीबाट २ हजार रुपैयाँ उठाइएको छ । नपुगेको रकम कास्की जिल्ला समिति र केन्द्रीय कार्यालयले दिने विभागले जनाएको छ।
सोमबार साँझ ल्वाङ पुगेर होमस्टेमा बसेका नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले माछापुच्छ्रेको फेदीमा रहेको गुरुङ गाउँको रमणीय र शान्त वातावरणमा हुने बैठक निकै रोमाञ्चक र सार्थक हुने बताएका छन् ।
पार्टीको नयाँ रणनिति समेत बनाउने भनिएको यस बैठक तीन दिनसम्म चल्ने छ भने मंगलबार र बुधबार प्रतिनिधिहरुले आफ्ना कुरा राख्ने र बिहीबार संयोजक भट्टराईले जवाफ दिने कार्यक्रम रहेको नयाँ शक्ति पार्टीले जनाएको छ ।