काठमाडौँ । जीवनजंग थापाको अभिनय तथा निर्देशन रहेको नाटक "२ नम्बरी" पुस २३ गते सर्वनाम थिएटरमा मन्चन हुदै छ ।
निर्देशक थापाका अनुसार नाटक "२ नम्बरी" एक पढे लेखेका युबाको कथा बोकेको नाटक हो । देशमा बिध्यमान बेरोजगारीले समस्याले सिर्जना गरेको परिस्थितिलाइ यथार्थ रुपमा चित्रण गर्न हामीले प्रयास गरेको छौ । जसलाइ किरण चापागाईं लेखेका हुन् ।
थापा अन्त्यमा थप्छन तेस्रो देशब्यापी १० नाटक मेलामा ९ दर्जन रंगकर्मी, करिब २५ जति नाटक सहभागी छन । नाटक पुस २१ गते देखि २४ गतेसम्म सर्वनाम थिएटर कालिकास्थानमा बेलुका ४ :३० मा मन्चन हुने निर्देशक थापाले जानकारी दिएका छन् ।