• २०८१ बैशाख १३ बिहीबार

काँग्रेससहित ६ दलको समानुपातिक सुची मिलेन, आयोगले पत्र काट्यो  

kharibot

काठमाडौँ । प्रदेश सभा तर्फको समानुपातिक सिट दलहरुले बुझाएको सुचिमा समस्या देखिएको छ । प्रदेश सभामा समानुपातिकतर्फ सिट पाएका कुल पाएका १३ मध्ये ६ दलको उम्मेदवार छनोट नमिलेको भन्दै निर्वाचन अयोगले सो सुची सच्याउन पत्राचार गरेको छ । 

आयोगले दलहरुलाई उम्मेदवारको क्रमसंख्या नमिलाई पठाएको, एउटा समुदायको कोटामा अर्को समुदायको व्यक्ति पठाएको भन्दै आयोगले सोमबार दलहरूलाई तीन दिनभित्र सच्याउन पत्रचार गरेको हो ।

समानुपातिक सुची नमिल्नेमा नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, राप्रपा, जनमोर्चा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले तोकिएको क्लस्टर नमिलाएर उम्मेदवारको सूची पठाएको आयोगले जनाएको छ ।

काँग्रेसको के मिलेन ?

नेपाली काँग्रेसले पठाएको सूचीमा जनजाति कोटाबाट पठाउनुपर्ने महिलाको कोटामा मुस्लिम समुदायको पुरुषलाई पठाएको पाइएको छ । प्रदेश २ मा जनजाति महिलाको कोटाबाट शोभा लामालाई पठाउनुपर्नेमा मुस्लिमबाट शेखररसिद अलीको नाम सिफारिस गरेको छ ।

त्यस्तै प्रदेश १ मा खसआर्य महिला कोटाबाट शान्ता पौडेलको पहिलो नम्बरमा नाम भए पनि तेस्रो नम्बरकी सीतादेवी पौडेललाई पठाएको छ । त्यसैगरी, थारू र दलित पठाउनुपर्नेमा मुस्लिम वा अन्य समुदाय पठाएको पनि आयोगका जनाएको छ । 

अन्यदलका समस्या :

प्रदेश १ बाट समानुपातिकमा एक सिट पाएको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले महिला पठाउनुपर्ने कोटामा पुरुष पठाएको छ । आयोगले एक सिट पाएको अवस्थामा महिला अनिवार्य पठाउनुपर्ने व्यवस्था गरे पनि मञ्चले पुरुषतर्फ एक नम्बरमा भएका कुमार लिङ्देनको नाम पठाएको छ ।

त्यस्तै जनमोर्चाले पनि महिला पठाउनुपर्ने कोटाबाट पुरुषलाई पठाएको छ । प्रदेश ५ मा एक सिट पाएको जनमोर्चाले बमबहादुर खत्रीलाई पठाएको छ, तर महिलाबाट तारा जिसीलाई पठाउनुपर्ने थियो । राप्रपाले पाएको सूचीमा पनि समस्या देखिएको आयोगले जनाएको छ ।

राजपाको सूचीले आयोग समस्यामा

आफ्नै कमजोरीका कारण निर्वाचन आयोगलाई राजपाले बुझाएको समानुपातिकबाट निर्वाचित हुने उम्मेदवारको नाम मिलाउन समस्या परेको छ । समुदायविशेषको कोटाअनुसार राजपाले बन्दसूची नबुझाएका कारण आयोग नाम स्वीकार गर्ने कि नगर्ने अन्योलमा परेको छ ।
प्रदेशअनुसार समुदायविशेषको कोटा निर्धारण गरेर समानुपातिक बन्दसूची बुझाउने कानुनी व्यवस्थाविपरीत राजपाले प्रदेश २ को समानुपातिक सूचीमा मधेसी कोटा मात्रै बुझाएको थियो । 

प्रदेश २ मा ६४ समानुपातिक उम्मेदवारको सूची बुझाउनुपर्ने थियो । त्यसमध्येबाट मधेसी, जनजाति, खसआर्य, थारू, दलित र मुस्लिमको कोटा निर्धारण गरी बुझाउनुपर्नेमा राजपाले सबै नाम मधेसी कोटाअन्तर्गत राखेर सूची बुझाएको थियो ।

राजपाले प्रदेश २ मा पाएको १० वटा समानुपातिक सिटमा सबै मधेसी कोटाभित्रबाट सातजना महिला र तीनजना पुरुष पठाएको छ । तर, आयोगको निर्देशिकाअनुसार सूची बुझाउने हो भने मधेसी कोटाबाट पाँचजना, जनजाति, थारू, मुस्लिमबाट एक–एकजना र दलितबाट दुईजना उम्मेदवारको नाम पठाउनुपर्ने थियो । तर, राजपाले अहिले ३३ प्रतिशत महिला मात्रै पुरयाउने गरी सातजना पठाएको छ ।

त्यस्तै प्रदेश ५ मा राजपाले पाएको १ सिटमा प्रदेशको समुदायविशेष कोटाअनुसार खसआर्य महिला पठाउनुपर्नेमा मुस्लिम पुरुषलाई पठाएको छ । उक्त सिटमा खसआर्य महिलाबाट विना पन्त पठाउनुपर्नेमा पुरुष कोटाबाट अब्दल कादिर सेखलाई पठाएको छ । 

त्यसैगरी, प्रदेश ७ मा पनि समुदायविशेषको कोटाअनुसार एक सिट पाउँदा खसआर्य महिला पठाउनुपर्ने हुन्छ । तर, राजपाले शान्ति सिंहको सट्टा सुनीता चौधरीको नाम पठाएको छ । अझ सुनीताभन्दा अगाडि पाँचजना महिला सूचीमा थिए । यता, प्रदेश २ मा मधेसी महिलाको प्राथमिकता मिचेर १९ नम्बरकी पुनककुमारी यादवलाई पठाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै