काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको आजको बैठकको निर्णयअनुसार पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर १–१ रुपैयाँ मूल्यबृद्धि गरिएको छ ।
यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ मूल्य बढाइएको निगम प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिएका छन् ।
अब एक लिटर पेट्रोलको रु १०२ तथा डिजेल र मट्टितेलको रु ७९–७९ पर्नेछ । यस्तै खाना पकाउने ग्यासको मूल्य रु १३७५ पुगेको छ । नयाँ मूल्य आज मध्यरातदेखि लागू हुनेछ ।
यसअघि पुस ४ गते पनि आयल निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।