• २०८१ बैशाख ८ शनिबार

जगदम्बा सिमेन्टद्धारा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणका लागि प्राविधिक जानकारी प्रदान

kharibot

काठमाडौँ । जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने विविध प्राविधिक जानकारी प्रदान गर्दै गत शुक्रबार राजमिस्त्रीहरुसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा एक सयभन्दा बढी राजमिस्त्री तथा डिलरवर्गहरुको सहभागिता रहेको थियो ।

जगदम्बा सिमेन्टले उपभोक्ता तथा समाज प्रति उत्तरदायी रही विविध उपभोक्तामुखी कार्यक्रम समेत गरिरहेको छ ।

कम्पनीले यसै आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ भन्दै सारा नेपालीलाई देश निर्माणको लागि अपिल गरिरहेको छ भने आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनः निर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माण गर्नका निम्ति विभिन्न कार्यक्रमहरु अघि सार्दै देशका विभिन्न स्थानमा कार्यक्रमहरु गरिरहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै