• २०८१ बैशाख ६ बिहीबार

चेतना संरक्षण प्रतिष्ठानद्वारा पुरस्कारको घोषणा

kharibot

विराटनगर  । चेतना संरक्षण प्रतिष्ठान नेपालले यस वर्षको साहित्य, पत्रकारिता, समाजसेवा, धर्मसंस्कृति र लिलितकला पुरस्कार घोषणा गरेको छ । 

प्रतिष्ठानको कार्यसमिति बैठकले ‘धर्मानन्द–रामप्यारी सिटौला साहित्य चेतना पुरस्कार’ वरिष्ठ समालोचक डा लक्ष्मण गौतमलाई प्रदान गर्ने प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदीले जानकारी दिए । 

यस्तै ‘बालकिसन– नर्वदादेवी मुन्दडा सनातन मानवीय धर्म– संस्कृतिक चेतना पुरस्कार’ मणिराज जोशी (धनगढी)लाई, ‘ओमप्रकाश गोयल समाजसेवा चेतना पुरस्कार’ वरिष्ठ समाजसेवी एवं एविसी नेपालकी अध्यक्ष दुर्गा घिमिरे (काठमाडौँ)लाई प्रदान गर्ने भएकोे छ । 

‘नरेश सुवेदी साहित्य पत्रकारिता पुरकार’ वरिष्ठ टेलिभिजन पत्रकार दुर्गानाथ शर्मालाई ‘भूपेन्द्र– शोभा रिजाल ललितकला चेतना पुरस्कार’ कलाकार यादवचन्द्र भुर्तेललाई प्रदान गरिने भएको छ । 

सम्मानपत्रसहित सबै पुरस्कारको राशि जनही रु ५१ हजार छ । घोषित सबै पुरस्कार आगामी माघ महिनामा प्रतिष्ठानको वार्षिकोत्सवको अवसरमा प्रदान गरिने अध्यक्ष सुवेदी बताउनुभयो । विसं २०६१ मा सो प्रतिष्ठान स्थापना भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै