• २०८१ बैशाख ७ शुक्रबार

तेस्रो लिङ्गीमाथिको उपन्यास ‘नयाँ अध्याय’ सार्वजनिक

kharibot

काठमाडौँ । तेस्रो लिङ्गीका विषयमा साहित्यकार गीताकेशरीले लेख्नुभएको उपन्यास ‘नयाँ अध्याय’ शनिबार सार्वजनिक गरिएको छ । 

ऐरावती प्रकाशनद्वारा प्रकाशित उपन्यास २३ भागमा लेखिएको छ । प्रा राजेन्द्र सुवेदीले यहाँ आयोजित कार्यक्रममा उपन्यास सार्वजनिक गर्दै अनुसन्धानमूलक उपन्यासले समाजबाट हेपिएका तेस्रोलिङ्गीलाई अधिकार स्थापित गराउन सहयोग पु¥याउने जिकिर गरे ।  

उपन्यासमाथि समीक्षा गर्दै डा देवी नेपाल र गीता त्रिपाठीले उपन्यासमा शारीरिक अङ्ग पुरुष तर मानसिक रुपमा महिला भएर बाँच्नुपर्ने तेस्रोलिङ्गीको व्यथालाई सरल भाषा लेखिएको बताए । 

लेखिकाले सामाजिक परिवेशमा बस्न नसकी जीवनदेखि भाग्न खोज्ने तेस्रोलिङ्गीलाई बाटो देखाउन उपन्यासले भूमिका खेल्ने विश्वास व्यक्त गरिन । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै