• २०८१ बैशाख १३ बिहीबार

‘पद्मावती’ को नाम परिवर्तन हुने, रिलिजको बाटो खुल्यो 

kharibot

मुम्बई । बलिवुडको सन् २०१७ को चर्चित फिल्म ‘पद्मावती’ को विवाद सुल्झिने भएको छ । निर्माता निर्देशक संजयलिला भन्सालीको ‘पद्मावती’ लाई भारतीय सेन्सर बोर्डले ‘यूए’ प्रमाणपत्र दिएको छ । 

भारतीय सेन्सर बोर्डले फिल्मका ५ सिनलाई परिवर्तन गर्न आदेश दिदै ति परिवर्तन गरेपछि फिल्म फेरी बोर्डलाई देखाउन आदेश दिएको छ । बोर्डले फिल्मको नाम पनि परिवर्तन गर्न भनेको छ ।

बोर्डले फिल्ममा कथावस्तु ऐतिहासिक तथ्यसँग मिल्ने नरहेको उल्लेख गर्न पनि बोर्डले आदेश दिएको छ । 

फिल्म १६औ शताब्दीका चर्चित कवि मलिक मुहम्मद जयासीको कृतिमा आधारित रहेको तथ्यलाई ध्यान दिदै राख्दै फिल्मको नाम परिवर्तन गर्न लगाइएको बताइएको छ । बोर्डको निर्देशनलाई फिल्मका निर्माता र निर्देशकले स्वीकार गरेको बोर्डका अध्यक्ष तथा लेखक प्रसुन जोशीले बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

बोर्डले फिल्मलाई प्रदर्शनको अनुमति दिन लागेको भन्दै भारतको राजपुत समुदायले अझै विरोध गरिरहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

यस अघि डिसेम्बर २८ मा रिलिज मिति तय भएको भएपनि फिल्मको विरोध भएपछि रिलि स्थगित भएको थियो  । फिल्मका निर्माताले फिल्मलाई आगामी मार्चमा रिलिज गर्न सक्ने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै