• २०८१ बैशाख १२ बुधबार

रोनाल्डोले फुटबल क्यारियरपछि फिल्म खेल्ने 

kharibot

काठमाडौँ । रियल म्याड्रिडका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले आफ्नो खेल जीवनपछि सिनेमा खेल्ने इच्छा व्यक्त गरेका छन् ।

हालै एक अन्तर्वार्ताका क्रममा रोनाल्डोले आफुले आफ्नो खेल जीवन पछि आफ्नो व्यवसायलाई अगाडी बढाउदै फिल्म बनाउने र त्यसमा अभिनय गर्न चाहेको बताएका छन् ।
३२ बर्षिय स्ट्राइकरले यस बर्ष रियल्ली ५ उपाधि जितौं महत्वपूर्ण भूमिका खेलेका थिए भने आफ्नो देश पोर्चुगललाई पनि पहिलो पटक युरोकप जिताएका थिए ।

रोनाल्डोले तुरुन्तै फुटबलबाट सन्यास लिने बारेमा नसोचेपानी फुटबल क्यारियर पछि के गर्ने भन्ने बारेमा भने सोचीसकेको बताएका छन् । रोनाल्डोले फुटबलरहरु भिन्नी जोन्स, इरिक कन्टोना, डेभिड बेह्कम कै पथमा रोनाल्डो पनि जाने देखिएको छ ।

अन्तर्वार्तामा रोनाल्डोले आहिले आफ्नो पुरै ध्यान मैदानमा राम्रो खेल्ने नै रहेको बताउदै एक दिन आउने छ जब मैले फुटबललाई छोड्नु पर्ने छ त्यसकाल आगी आफु तयार रहेको बताए । उनले आफु अहिले देखि नै त्यसका लागि तयार रहेको बताउदै जब म रिटायर हुन्छु त्यति बेला आफुसँग एउटा राम्रो जीवन हुने कुरा मलाई थाहा भएको बताए ।

रोनाल्डोले स्काई इटालियालाई दिएको अन्तर्वार्तामा आफूसँग धेरै पैसा भएर होइन मैले नया गर्न चाहेर फिल्म गर्न चाहन्छु भने । रोनाल्डोले फिल्मका अलावा आफ्नो व्यापारमा होटलहरु, जिम, नाईकसँगको सहकार्य इत्यादि कुरामा ध्यान दिने बताए ।

रोनाल्डोले मसँग धेरै राम्रो व्यवसायिक टिम बनेको छ जो मेरो कम्पनीमा काम गर्दछन् र उनीहरुले निकै राम्रो योजना बनाएर अगाडी बढिरहेको पनि जानकारी दिए । 
  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै