• २०८१ बैशाख ८ शनिबार

कर्णालीवासीकै लगानीमा जलविद्युत् आयोजना

kharibot

फाइल तस्बिर

काठमाडौँ । कर्णाली जलस्रोत लिमिटेडले कर्णाली क्षेत्रका जनताको सानो सानो पूँजी परिचालन गरेर विभिन्न जलविद्युत् आयोजना निर्माण गर्ने घोषणा गरेको छ । 

उक्त कम्पनीको आज यहाँ सम्पन्न साधारणसभामा दिइएको जानकारीअनुसार कूल छ मेगावाटको ‘माथिल्लो चौँरीखोला साना जलविद्युत् आयोजना’ निर्माण गर्ने घोषणा गरेको हो । 

कम्पनीका अध्यक्ष लोकबहादुर रावतले कर्णालीको आर्थिक विकासका लागि त्यहीँका जनतालाई परिचालन गर्ने र उनीहरुकै लगानीमा जलविद्युत् आयोजना निर्माण गर्न लागिएको जानकारी दिनुभयो । 

कम्पनीले नेपाल विद्युत् प्राधिकरणसँग विद्युुत् खरिद बिक्री सम्झौता गरिसकेको छ । 

त्यसैगरी, कम्पनीले म्याग्दीको रघुगंगा गाउँपालिका–८ मा ४.२ मेगावाट ‘स्यानो खोला जलविद्युत् आयोजना’को समेत काम शुरु गरेको छ । 

उक्त आयोजनाको स्थलगत सम्भाव्यताको अध्ययन सम्पन्न भइसकेको र डिजाइन गर्ने कार्य इष्ट कन्सल्टले गरिरहेको जानकारी दिइयो । 

कम्पनीको मत्स्यपालन व्यवसाय सञ्चालनको पनि तयारी गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै