• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्र बैकले लागु गर्यो कुुलिङ पिरियड, बैंकर अनिल शाह हुने भए ६ महिना बेरोजगार  

kharibot

काठमाडौ । नेपाल राष्ट्र बैकले कुुलिङ पिरियड सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ ।

राष्ट्र बैकले शुक्रबार बाँणिज्य बैक, बिकास बैैक, फाईनान्स कम्पनी र लघुबित्त बित्तीय संस्था समेतको नाउँमा परिपत्र जारी गर्दे बैंक तथा फाईनान्सका प्रमुख कार्यकारी तथा सञ्चालकले एउटा संस्था छाडेको छ महिनामासम्म अर्को संस्थामा जान नपाउने गरी कुलिङ पिरियड सम्वन्धी व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

उक्त निर्देशन अनुसार अब कुनै पनि बैंक तथा फाईनान्सका सञ्चालक तथा प्रमुख कार्यकारीहरुले एउटा संस्था छाडेको छ महिना पछि मात्र अर्को सोही प्रकृतिका अर्को संस्थामा सञ्चालक तथा प्रमुख कार्यकारीकोरुपमा जान पाउने छ ।

बैकिङ क्षेत्रमा पछिल्लो समय संस्था परिवर्तन गर्ने होड चलेको र यसबाट बित्तीय क्षेत्रमा अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै राष्ट्र बैकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो । उक्त व्यवस्था अनुसार कुनै पनि बैंक तथा फाईनान्स कम्पनीमा संलग्न रहेका स्वतन्त्र सञ्चालकको हकमा भने उक्त व्यवस्थाले कुनैपनि बाधा पार्ने छैन ।

राष्ट्र बैकले उक्त व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएपछि यसको प्रत्यक्ष प्रभाव नविल बैंकमा जान लागेको अनिल केशरी शाहमा परेको छ । उक्त व्यवस्था कार्यान्वयनमा आउदा शाहले छ महिना पछि मात्र नविल बैकमा प्रमुख कार्यकारी भएर जान पाउनेछन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै