कसैले पनि तिम्रो ठाउँ ओगट्न सक्तैन [कविता]

खरीबोट

कहाँकहाँबाट बहेर आउँछ खुशीको लप्का
र टाँसिन खोज्छ मेरो हृदयको भित्तामा
सिँढिहरु आफैले चढाउँन खोज्छन्
मलाई सफलताको चुलीमा

आफन्त-साथीहरु भइदिन्छन् मेरो जहाँज
जहाँ विराजमान भएर म बादलहरुमा शयर गर्न सक्छु

कविता जन्मन्छ मेरो हरेक अनुभूतिको संयोजनमा

यस्तो लाग्छ कि
ईश्वरलाई फुर्सदै फुर्सद छ अचेल
जो आएर बसिरहन्छन् मेरो घरसंसारमा
र मेरा एकएक दुखको निवारण गर्न तल्लीन रहन्छन्

सखारै स्वागत गर्छ घामको प्रशन्न झुल्कोले
र दिनभर मेरै सेवामा जुटिरहन्छ

म जहाँ जान्छु
त्यहाँ फुल फुल्छ
ढुंगाहरुमा पनि प्वाँख पलाउँछ
र ती उँड्छन् चिरबिरचिरबिर गर्दै माथि गगनमा

यत्तिका सुमधुर गीतहरु गुञ्जन्छन्
यत्तिका सपनाहरु मलाई भेट्न आउँछन्
जीवन आफै आएर संचार हुन खोज्छ मेरो ढुकढुकीमा
तर मेरी प्रिय मायालु !

तिमी जो अप्राप्य सपना भैसकेकी छ्यौ
म रोज निहार्छु तिम्रो अपरिमेय तस्बिर
र निर्क्योल गर्छु
कसैले पनि तिम्रो ठाउँ ओगट्न सक्दैन
कुनै लहरले पनि वगरलाई छोप्न सक्तैन
ए मेरी कल्पनाको आकाश !
म तिम्रो कामनालाई साबित गरिदिन्छु
हाँसीहाँसी दुखलाई सुखको आवरणले पोतिदिन्छु ।
 

सम्बन्धित समाचार

म बुढाे भएछु (कविता)

म बुढाे भए प्रिया  न बोल्न सक्छु  न हाँस्न सक्छु  एउटा कुनामा बसेर  झोक्रीएर बसेको छु  जीवनलाई सम्झेर हेर्दा  आज म धेरै बुढाे भइसकेछु  केश फुलेछन् ,दाह्री फुलेछन्  शरीर लल्याक लुलक भएछ  एउटा कुर्सीमा बसेर  तिम्रो माया र प्रेम हेर्दै

आदत (कविता)

विहानको सूर्यका किरण सँगै नयाँ पालुवा ,नयाँ घाम सँगै वर्षभरीका थकाइलाई पर सारी आँसु अनि सुस्केरालाई बढार्दै खुशी लिइ आएकी हौ तिमी।। आँखामा गुराँस  फुलाउँदै  हातभरी सयपत्री , मखमली मनभरी अनि मुहारभरी  सुनगाभा र मधूमालती फक्राउँदै खुशी लिइ आएकी

गुलाबको आत्महत्या (कविता)

जिन्दगी,  आफ्नो कहिल्यै भएन  स्वतन्त्रता को नाममा केवल  फूल्न मात्र पाएको हो ,   सँधै ओईलिन , झर्न र मर्न निरङ्कुशको हातमा पर्नु पर्छ ।  कोहि भगवान को नाममा टिप्छन्  र चढाउँछन् गला रेटेर पत्थरलाई  फूल्दै गरेको गुलाब

विद्यालय बनाउने अभियानमा युनाइटेड वर्ल्ड स्कुल्स 

काठमाडौं । गरे के हुन्न र ! भन्ने गरिन्छ । वर्तमान शिक्षा प्रणाली अझै राम्रो छैन त्यसमा पनि सामुदायिक विद्यालयको कुरै नगरौँ । सामुदायिक स्कुलको शिक्षा दिनानुदिन खस्किँदो छ ।