• २०८१ बैशाख ८ शनिबार

यस्तै हुनसक्छ सूर्यको अन्तिम क्षण, एउटा तस्बिरले खोल्यो ताराको मृत्यु रहस्य !

kharibot

तस्बिर : ESA

युरोप / खगोलविद्हरुले एउटा ताराको विनाश हुनुअघिको तस्बिर खिच्न सफल भएका छन् । ग्रुस नामक तारामण्डलको एउटा ताराको अन्तिम समयको दुर्लभ तस्बिर युरोपेली अन्तरिक्ष संस्था (ईएसए)ले खिचेको हो । उक्त तारा पृथ्वीबाट ५३० प्रकाश वर्ष टाढा रहेको छ । 

उत्तरी चिलीस्थित एउटा मरुभूमिमा रहेको विशाल टेलिस्कोपको सहायतामा यस्तो दुर्लभ तस्बिर लिइएको हो । यस्तो तस्बिर लिइएको यो नै पहिलो पटक हो । वैज्ञानिकहरुका अनुसार अबको पाँच बिलियन वर्षको बीचमा हाम्रो आफ्नै ग्रहले पनि सोही चुनौती सामना गर्नुपर्नेछ । 

तस्बिर लिइएको ताराको नाम पि१ ग्रुस रहेको छ । उक्त तारा पनि हाम्रो सूर्यजस्तै रहेको उनीहरुको कथन छ । तर यो तारा सूर्यभन्दा ३५० समय ठूलो र उत्तिकै चम्किलो रहेको छ ।

  • एसडीओले खिचेको सूर्यको सतहको तस्बिर । तस्बिर : नासा 

खगोलविद्हरुका अनुसार तारामा देखिएको राता फोका र धर्साहरुभित्रका कोशहरु जुन तरल र ग्यास मिलेर बनेको संरचनाको घनत्वका फरक आयामहरु हुन् भने यसले ताराको सतहलाई ढाक्नेछ । यस्ता हरेक कोशहरु ७५ मिलियन माइलको फैलावटमा अर्थात् ताराको पूर्णव्यासको एक भाग रहेका छन् । 

प्रारम्भिक अवस्थामा तारा निकै खुम्चेको भए पनि पछि यसको तापक्रम १०० मिलियन डिग्रीसम्म पुगेर यसभित्रको हाइड्रोजन इनर्जीको बाँकी भण्डारण समेत जलेको हुनसक्ने वैज्ञानिकहरुको बुझाइ छ ।

  • सूर्यको सतह । तस्बिर : GETTY IMAGES

अर्थस्काई डट ओआरजीमा विश्लेषण गरिएअनुसार यस्तो अत्यधिक तापक्रमकै कारण ताराको अर्को फेज जुन यसमा रहेको हेलियमलाई कार्बन र अक्सिजनलाई बाक्लो अणुहरुसँग जल्न सुरु भयो । 

यसले ताराको बाहिरी सतहलाई नाश गरिरहेको सूचक हो । खगोलविद्हरुले कुनै पनि ग्रहको अन्तिम अवस्थामा यसभित्र हुने क्रियाप्रतिक्रियालाई तस्बिरमार्फत कैद गर्नसकेको यो नै पहिलो भएको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै