• २०८१ बैशाख ८ शनिबार

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय सभासम्बन्धी अध्यादेश जारी, नयाँ सरकार गठनको बाटो खुल्यो 

kharibot

फाइल तस्बिर

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभासम्बन्धी अध्यादेश जारी गरेकी छन् । 

दलहरुको सहमति नभएको भन्दै राष्ट्रपति भण्डारीले दुई महिना देखि सो अध्यादेशलाई जारी गर्न अस्विकार गर्दै आएकी थिइन् । शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवासँगको छलफलपछि राष्ट्रपतिले सो अध्यादेश जारी गरेकी हुन् । 

शुक्रबार बिहानै राष्ट्रपति भण्डारीले एमाले नेता तथा पुर्वसभामुख सुवास नेम्वाङसँग पनि यस अध्यादेशका विषयमा छलफल गरेकी थिइन् । 

विहिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति भण्डारीलाई भेटेर अध्यादेश अगाडी बढाउन सुझाव दिएका थिए ।  ठुलो दल एमालेले सरकारले प्रस्तुत गरेको अध्यादेशको विरोध गरे पनि राजनीतिक अन्योलता बढेका कारण सरकारले पेश गरेको अध्यादेशमा समर्थन गरेपछि राष्ट्रपतिले सो अध्यादेश जारी गरेको बताइएको छ ।

नयाँ सरकार गठन प्रक्रिया नै अवरुद्ध भएको अध्यादेश प्रकरणपछि अब निर्वाचन आयोगले निर्वाचन परिणाम सार्वजनिक गर्ने र नयाँ सरकार गठन हुने बाटो खुलेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै