• २०८१ बैशाख ८ शनिबार

दाउन्ने आसपासका १० ठाउँमा सानासाना पहिरो, सडकखण्ड अझै अवरुद्ध

kharibot

नवलपरासी  । शुक्रबार रातिदेखि अवरुद्ध पूर्व –पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको दाउन्ने सडकखण्ड अझैसम्म सञ्चालनमा आउन सकेको छैन । 

दाउन्ने क्षेत्रमा शुक्रबार रातिदेखि लगाताररुपमा पहिरो खसेको र शनिबार दाउन्ने सडकखण्डअन्तर्गत एस मोड क्षेत्रमा सडकका केही भाग भासिएपछि सडक अवरुद्ध छ । 

भासिएको सडकमा बाटो खोल्ने काम भइरहेको छ, वर्षाका कारण काम गर्न कठिनाइ छ । सोही क्षेत्रमा पहिरो खस्ने क्रम पनि निरन्तर जारी छ, नवलपरासीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर राना मगरले बताए । 

सवारी आवतजावत पूर्णरुपमा बन्द भएको छ । स्थानीय प्रशासनले यात्रुलाई वैकल्पिक बाटो अपनाउन आग्रह गरिसकेको छ । सडक सञ्चालन हुने निश्चित छैन । सडकमा पहिरो पन्छाउने र नयाँ बाटो खोल्ने काम जारी छ, यद्यपि पहिरो आउने क्रम नरोकिँदा झन समस्या भएको प्रजिअ राना मगरले जानकारी दिए । 

सडक भासिनुका साथै विभिन्न स्थानमा पहिरो खसिरहँदा आइतबार साँझसम्म यातायात सञ्चालन हुने सम्भावना अनिश्चित भएको छ । वर्षा रोकियो र पहिरो खस्ने क्रम रोकियो भने सडक सञ्चालन हुन सक्छ । 

दाउन्ने आसपासका कम्तीमा १० ठाउँमा सानासाना पहिरो खसेको र घिउखोलामा पनि पहिरो खसेको छ । अहिले डोजर र एक्साभेटरमार्फत पहिरो पन्छाउने काम भइरहेको छ । पहिरो पन्छाउँदै जाने तर खस्नेक्रम नरोकिएकाले सडक सञ्चालनमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै