• २०८१ बैशाख ८ शनिबार

एप्पलले सीईओ कुकलाई दियो निजी विमानबाट मात्र यात्रा गर्ने निर्देशन 

kharibot

काठमाडौ ।  विश्वको ठुलो टेक कम्पनि एप्पलले आफ्ना प्रमुख कार्यकारी अधिकृत (सीईओ) टिम कुकलाई यात्राको क्रममा निजी विमानको प्रयोग गर्न निर्देशन दिएको छ ।

एप्पलको बोर्डले आफ्नो निजी या अफिसियल दुवै यात्राका लागि निजी विमानको प्रयोग गर्न निर्देशन दिएको हो ।

बोर्डले सुरक्षा र कम्पनिको ग्लोबल प्रोफाइलका कारण यस्तो निर्देशन दिएको जनाएको छ । साथै एप्पलले सन् २०१७ मा यस्तो नीति लागु गरिएको जनाएको छ । एप्पलले कुकको सो यात्राको खर्च अतिरिक्त सुविधाको आधारमा कम्पनिले बेहोर्ने पनि जनाएको छ ।

एप्पलले सन् २०१७ मा ९३ हजार एक सय ९ डलर यात्रामा खर्च गरेको जनाएको छ भने कुकको यात्राको खर्च बढाएर २ लाख २४ हजार २ सय १६ बनाएको जनाएको छ ।

साथै एप्पलका प्रमुख कार्यकारी कुकले सन् २०१७ मा कुल एक करोड २८ लाख २५ हजार ६६ अमेरिकी डलर कमाइ गरेको उल्लेख गरेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै