• २०८१ बैशाख ७ शुक्रबार

साहित्यकार ब्राजाकीको अवस्था सुधारोन्मुख

kharibot

काठमाडौँ । मस्तिष्क शिरोघात (स्ट्रोक) बाट पीडित वरिष्ठ साहित्यकार मनु ब्राजाकीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । 

पाटन अस्पतालको सघन उपचार कक्ष भर्ना गरिनुभएका ब्राजाकीलाई ‘भेन्टिलेटर’बाट बाहिर निकालिएको छ । दुई पटक मस्तिष्क शिरोघातको शल्यक्रिया गराइसकेका ब्राजाकीलाई अझै एक साता चिकित्सकको निगरानीमा राखिने उनका छोरा अमितसिंह भण्डारीले जानकारी दिए । 

ब्राजाकीको उपचारका लागि नेपाल प्रज्ञा–प्रतिष्ठानले रु ३५ हजार उपलब्ध गराएको थियो । उहाँको उपचारका लागि साहित्यकारले राज्यस्तरबाट थप सहयोग हुनुपर्ने आग्रह गरेका छन् । 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै