• २०८१ बैशाख ८ शनिबार

दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई मासिक ५ हजार भत्ता दिने

kharibot

काठमाडौं । सरकारले दुवै मिर्गौला फेल भएका, क्यान्सर लागेका र पक्षघात भएका व्यक्तिलाई सरकारले मासिक पाँच हजार रुपैयाँ भत्ता दिने निर्णय गरेको छ । 

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनीहरुको जीविकोपार्जनका लागि मासिक पाँच-पाँच हजार रुपैयाँ दिने निर्णय गरेको अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । 

यस अघि सरकारले सरकारले मिर्गौलाका विरामीलाई निशुल्क डायलासिस सेवा र क्यान्सर रोगीको उपचारका लागि एक लाख रुपैया आर्थिक सहायता दिने निर्णय गरेको थियो ।  

यसैबीच बिहीबारको बैठकलले सिटीइभिटीको ६ अर्ब ३० करोड सहायता ऋण र काठमाण्डौ विश्वविद्यालय अनुसन्धान विभागका लागि कोरिया सरकारको एक अर्ब चार करोड सहयोग स्विकार गर्ने निर्णय पनि गरेको अर्थमन्त्री कार्कीले जानकारी दिएका छन् ।   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै