• २०८१ बैशाख ८ शनिबार

स्वास्थ्य मन्त्रालयको सचिवमा डा. पुष्पा चौधरी नियुक्त

kharibot

काठमाडौँ । स्वास्थ्य सचिवमा डा. पुष्पा चौधरीलाई सरकारले नियुक्त गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयकी प्रमुख विशेषज्ञ रहेकी डा.चौधरीलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

डा. चौधरी स्वास्थ्य सचिव भएसँगै स्वास्थ्य मन्त्रालयमा विगत तीन सातादेखि रिक्त रहेको स्वास्थ्य सचिवको पदपूर्ति भएको छ । डा. किरण रेग्मीले गत मंसिर १८ मा अनिवार्य अवकास पाएसँगै स्वास्थ्य सचिव पद रिक्त थियो ।

वरियतामा पहिलो नम्बरमा रहेकी डा. पुष्पाले निमित्त सचिवको कार्यभार सम्हाल्दै आएकी थिइन् । स्वास्थ्य सचिवका लागि चौधरीसँगै प्रमुख विशेषज्ञद्धय डा. विनोदमान श्रेष्ठ र डा. सुशीलनाथ प्याकुरेल पनि प्रमुख दाबेदार रहेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै