• २०८१ बैशाख ८ शनिबार

उसेन बोल्टको क्यारियरको दुखद अन्त्य, अन्तिम दौडमा घाइते भए 

kharibot

काठमाडौँ ।  संसारकै तेज धावक उसेन बोल्टको क्यारियरको दुखद अन्त्य भएको छ ।

विश्व एथलेटिक च्याम्पियनसिप अन्तर्गत गएराती भएको ४x१०० मिटरको रिले दौडमा बोल्ट घाइते भएपछि जीवनको अन्तिम दौडमा विना पदक क्यारियरको अन्त्य गरेका छन् ।

रिलेको आखिरी ल्याप दौडिन आएका बोल्ट दौड सुरु गर्नासाथ घाइते भएका थिए । उनि घाइते भएर मैदानमा लडेका थिए । यस दौडमा ब्रिटेनले गोल्ड मेडल जित्यो भने अमेरिकाले सिल्भर र जापानले ब्रोंज मेडल जितेको थियो । ३० बर्षिय जमैकन धावक बोल्टको मांशपेशीमा चोट लागेको बताइएको छ ।

आफ्नो क्यारियरकका १९ मुख्य च्याम्पियनसिप जितेका बोल्ट यस दौडसँगै आफ्नो क्यारियरबाट सन्यास लिएका छन् ।

यस च्याम्पियन्सिपबाट सन्यास लिने यस अघि नै घोषणा गरेका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै