• २०८१ बैशाख १२ बुधबार

इपिल : पोखरालाई हराउदै ललितपुर दोस्रो क्वालिफायरमा प्रवेश 

kharibot

काठमाडौँ । ललितपुर पाट्रीओट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिताको दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको छ ।

बुधबार भएको इलिमिनेटर राउण्डमा पोखरा राइनोजलाई २७ रनले पराजित गर्दै ललितपुर दोस्रो क्वालिफायर राउण्डमा प्रवेश गरेको हो ।

ललितपुरले अब फाइनलमा जानका लागि भैरहवासँग प्रतिष्पर्धा गर्ने भएको छ । प्रतियोगिताको फाइनलमा विराटनगर यस अघि नै पुगी सकेको छ ।

आज भएको खेलमा ललितपुरले दिएको १३९ रनको लक्ष्य पछ्याएको पोखरा १११ रनमा अल आउट भएपछि ललितपुरले खेल २७ रनले जितेको हो । पोखराको इनिंगमा इस्रारुल्लाहले २५ रन बनाएका थिए भने सुशन भारीले १७ रन बनाएका थिए । त्यस्तै किशोर महतोले २३ रन बनाएका थिए । 

पोखरालाई अल आउट गर्ने क्रममा ललितपुरका सन्दीप लामिछानेले ३ विकेट लिएका थिए भने सनी पटेल, रशैद खान र पवन सराफले २,२ विकेट लिएका थिए । यस अघि टस हारेर पहिला ब्याटिंग गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाउदै १३८ रन बनाएको थियो ।

ललितपुरको पारीमा सनी पटेलले सर्वाधिक ३८ रन बनाएका थिए । त्यस्तै शंकर रानाले ३४, जयकिशन कोल्सवालाले २८ र दिपेश भण्डारीले १९ रन बनाएका थिए । पोखराका लागि इस्रारुल्लाहले ३ र सुशन भारीले २ विकेट लिएका थिए ।

दोस्रो क्वालिफायर खेल ललितपुर र भैरहवाबीच विहिबार हुने छ भने प्रतियोगिताको फाइनल आगामी शनिबार हुदै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै