• २०८१ बैशाख ७ शुक्रबार

डा. उपेन्द्र देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार हुदै

kharibot

काठमाडौँ ।  नेपाल न्युरो सर्जन समाजले बेलायतमा उपचार गराइरहनुभएका संस्थाका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्युरोसर्जन डा उपेन्द्र देवकोटाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको जनाएको छ । 

डा देवकोटाका बारेमा केही सञ्चार माध्यममा विभिन्न खालका समाचार बाहिर आएपछि समाजले आज विज्ञप्ति जारी गरी हाल उहाँको स्वास्थ्य सुधारोन्मुख भए पनि समस्याको अन्तिम निदान भइनसकेको जनाएको हो । 

विभिन्न सञ्चार माध्यममा उनका बारेमा भ्रामक, आधारहीन र काल्पनिक कुराहरु बाहिर आएको भन्दै समाजले सबै सञ्चार माध्यमलाई त्यस्ताखाले समाचार सम्प्रेषण नगरिदिन आग्रह समेत गरेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै