• २०८१ बैशाख ७ शुक्रबार

टिप्परले किचेर बारामा एक बालकको मृत्यु

kharibot

बारा । टिप्परले किचेर बारामा एक बालकको मंगलवार अपराह्न ४ बजे घटना स्थल मैं मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ स्थित इमलिपर्तीका अरुण पासवानका अन्दाजी साँढे तीन वर्षीय छोरा गोलु पासवान रहेका छन् ।

पासवानको अपरान्न  ४ बजे इमलिपर्ती स्थित खेतबाट माटो ओसार्दै गरेको ना.३.ख.९२९७ नम्बरको ट्रिपरले किचेर घटना स्थल मैं मृत्यु भएको हो ।

दुर्घटना पछि टिप्परका चालक प्रहरीको सम्पर्कमा आएका छन् भने स्थानियहरु अहिले आक्रोशित भएका छन् । घटना स्थलमा इलाका प्रहरी कार्यालय जीतपुर र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी टोलीहरु पुगेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै