धनुषा र महोत्तरी जोड्ने रातोपुल पुनः भासियो

खरीबोट

महेन्द्रनगर (धनुषा) । विगत चार दिनदेखि भएको अविरल वर्षाका कारण पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषा र महोत्तरी जोड्ने रातो पुल पुनः भासिएको छ । 

तीन वर्ष पहिले पनि यो पुल भासिएको थियो । पूर्वलाई काठमाडौंसँग जोड्ने प्रमुख पुलको रुपमा यो पुल रहेको छ । पुल भासिएपछि पुलमा भारी सवारी निषेध गरिएको छ । हलुका सवारी मात्र जान दिइएको प्रहरीले जनाएको छ । पुल ४–५ इन्च भन्दा धेरै भासिएको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक सालिकराम शर्माका अनुसार आइतबार प्राविधिक जाँच पछिमात्रै अन्य सवारीलाई खोल्ने वा नखोल्ने टुंगो लाग्नेछ । खोलामा पानीको बहाब उच्च भएपछि पहिले डाइभर्सन दिएको स्थानमा अलि भासिएकाले सवारीसाधन आवागमन बन्द गरिएको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए । 

इलाका प्रहरी कार्यालय, बर्दिबाससँग समन्वय गरी साँझ ७ बजेदेखि सवारीसाधन आउजाउ बन्द गरिएको उहाँले बताउनुभयो । पुलको अवस्था हेरेर मात्र साना सवारीसाधनहरु आउन जान सक्ने वा नसक्ने विषयमा विचार गरेर मात्र सञ्चालन गर्न दिने प्रहरीले जनाएको छ । 

सवारीसाधन सञ्चालनमा रोक लगाएपछि राजधानीसहित देशको विभिन्न ठाउँ जाने रात्रिकालीन बस सेवाका एक हजारभन्दा बढी गाडी र हजाराँै यात्री अलपत्र परेका छन् । 

सम्बन्धित समाचार

पहाडी जिल्लामा बाढीको खतरा : सतर्कता अपनाउन आग्रह

काठमाडौँ । निरन्तर वर्षाका कारण देशका पहाडी जिल्लामा बाढीको सम्भावना देखिएको भन्दै जल तथा मौसम विज्ञान विभागले सचेत गराएको छ ।  विभागको बाढी पूर्वानुमान महाशाखाले आज एक विज्ञप्ति जारी गर्दै पहाडी जिल्लाबाट

धोवी खोला, बागमती, मनोहरा खोलामा आकस्मिक बाढी आउन सक्ने, सतर्क रहन आग्रह 

काठमाडौं । मौसम विज्ञान विभागका अनुसार काठमाडौंको धोवी खोला, बागमती, नागमती, सालिनदी, मनोहरा लगायतका खोलामा आकस्मिक बाढी आउने सम्भावना रहेको जनाएको छ । विभागले एक सूचना जारी गर्दै काठमाडौंको धोवी खोला,

डुबान बस्तीका बासिन्दाको अनिदोमै बित्यो रात

भक्तपुर । हनुमन्ते खोला पसेर बितण्डा मच्चाएको बस्तीका बासिन्दाको रात अनिदोमै बितेको छ ।  भक्तपुर नगरपालिकाको जगाती, हनुमानघाट, बाराही क्षेत्र, सिर्जनानगर, सल्लाघारी, लिवाली क्षेत्रका बासिन्दा मात्र हैन मध्यपुरथिमि नगरपालिका क्षेत्रका कमेरोटार, राधेराधे क्षेत्र,

भक्तपुरका पहिरोमा परि मृत्यु भएका परिवारलाई तत्काल एक लाख राहत

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ मझुवामा बिहीबार बिहान आएको पहिराले टहरा पुरेर मृत्यु भएको लामा परिवारलाई तत्काल रु एक लाख राहत दिइने भएको छ ।  जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले प्रकोपपीडित उद्धार र राहतसम्बन्धी