• २०८१ बैशाख ७ शुक्रबार

बर्नलीसँग हार्दै लिग विजेता चेल्सीको खराब सुरुवात, रोनीको गोलले इभर्टन विजयी

kharibot

काठमाडौँ । शनिबार इङलिश प्रिमियर लिगका पहिलो खेल भएका छन् । शनिबार भएको खेलमा गत सिजनको लिग विजेता चेल्सले खराब सुरुवात गरेको छ । चेल्सी बर्नलीसँग ३-२ गोल अन्तरले पराजित भएको छ ।

चेल्सी खेलमा पराजित मात्र भएन खेलमा दुई रातो कार्ड पाउदै दुई खेलाडीलाई पनि गुमायो । चेल्सीले डिफेन्डर गरी कहिल र मिडफिल्डर फार्बिगासलाई रातो कार्ड पाएर गुमाउदा ९ खेलाडीमा सिमित भएको थियो । बर्नलीका लागि साम भोक्सले दुई गोल गरेका थिए भने स्टेफेन वार्डले एक गोल गरेका थिए । त्यस्तै चेल्सीका लागि हालै चेल्सी आएका अल्भारो मोरटाले एक र डेभिड लुइजले एक गोल गरेका थिए ।

त्यस्तै म्यान्चेस्टर युनाइटेडबाट आफ्नो पुरानो क्लब इभर्टन गएका वाइन रोनीले गोल गर्दै इभर्टनलाई स्टोक सिटीको विरुद्ध जिताएका छन् । रोनीले पहिलो हाफको अन्तिम मिनेटमा गोल गर्दै इभर्टनलाई नयाँ सिजनमा विजयी सुरुवात गराएका छन् ।

त्यस्तै लिगमा यसै सिजन प्रोमोट भएको हडर्सफिल्डले क्रिस्टल प्यालेसलाई ३-० ले पराजित गरेको छ भने साउथहम्पटन र स्वान्सी सिटीबीचको खेल बराबरीमा सकिएको छ । त्यस्तै बोर्नमाउथलाई वेस्ट ब्रोमविचले १-० लेप अरजित गरेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै